Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

साहित्यको माध्यमबाट महिला, बालबालिका तथा विश्व वातावरण संरक्षणको पक्षमा काम गर्न सकिन्छ: मन्त्री चौधरी


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले साहित्यको माध्यमबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार एवं विश्वको वातावरण संरक्षणको पक्षमा काम गर्न सकिने बताउनुभएको छ ।

काठमाडौँमा जारी हिमालयन लिटरेचर फेस्टिभल अन्तर्गत न्यू योर्क राइटर्स वर्कसप इन काठमाडौँलाईलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । विश्वका १० देशबाट सहभागी लेखक, साहित्यकार तथा कविहरूलाई नेपालमा स्वागत गर्दै उहाँले आजको मानवीय आवश्यकताको संरक्षणमा साहित्यको तर्फबाट महत्त्वपूर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गर्नुभयो ।

‘विश्वमा वातावरण, महिला हक अधिकार, बालबालिकाको शिक्षा, स्वास्थ्य, मनोरञ्जन र ज्येष्ठ नागरिकहरूलाई सम्मानजनक हेरचाह, व्यवहार स्वास्थ्यमा रेखदेख आजको विश्वको माग हो’, मन्त्री चौधरीले भन्नुभयो, ‘यसलाई कविता, लेख, साहित्यको माध्यमबाट जनस्तरमा तपाईँहरू लागिरहनुभएको छ । अझ अभियानको रूपमा लगिदिनुभयो भने विश्वमा विकास, संस्कृतिको सम्मान, मानव, शान्ति र एकताको संसार बन्ने थियो । यसमा तपाईँहरूको ठुलो हात छ । आजैबाट यो विश्व अभियान सुरु गरौँ, म तपाईँहरूको साथमा रहनेछु ।’

उहाँले यस अभियानले सुन्दर विश्व बनाउन मद्दत पुग्ने भन्दै मानव मानवबिच प्रेम, भातृत्व, आणविक हातहतियार रहित संसार बनेमा पृथ्वीको वातावरणमा पनि ठुलो संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो ।

यसले जलवायु परिवर्तन र ग्लोबल वार्मिङको समस्यालाई पनि बिस्तारै हटाउने मन्त्री चौधरीको भनाई थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक एक अर्काका परिपूरक हुने भन्दै मन्त्री चौधरीले सबैको सम्मान र अधिकार संरक्षण गर्नु घर परावर देखि राष्ट्र र संयुक्त राष्ट्रसंघको महत्त्वपूर्ण दायित्व रहेको बताउनुभयो । ‘सबैले ध्यान दिएमा मानव संसार सुखी र खुसी हुने थियो । आजको बालबालिका भविष्यको कर्णधार भई समयअनुसार वृद्ध हुँदै जाने हो । यसमा आमा दिदीबहिनी तथा महिलाको दायित्व कति छ । महिला हक अधिकार, स्वास्थ्य, शिक्षा लगायत उहाँका आधारभूत आवश्यकताहरू पुगेका छन् कि छैनन्’, उहाँले भन्नुभयो, ‘यी कुराहरूलाई पनि तपाईँहरूको कलममार्फत जुन भूमिका खेल्नुभएको छ त्यसलाई अझ बढाउँदै लैजान आग्रह गर्दछु ।’

साहित्यिक अभियानले मानव जाति र पृथ्वीलाई समेत संरक्षण गर्ने भएकाले विश्व अभियानको रूपमा यसलाई लैजान मन्त्री चौधरीले आग्रह गर्नुभयो ।


प्रकाशित मिति: १५ जेष्ठ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?