Trending
>>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी >>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे >>   महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागेको भन्दै विरोध प्रदर्शन >>   चैते दशैँको अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइँचो >>   इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी >>   असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउनु कम चुनौतिपूर्ण थिएनः प्रधानमन्त्री >>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु
Logo
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार

‘विश्वकप खेल्ने मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु’


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप खेल्ने आफ्नो सपना पूरा हुन नसकेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो सपना पूरा नभए पनि दुःखी भने नभएको जिकिर गरेका हुन् ।उनले लेखेका छन्, ‘मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ ।’

लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनको निलम्बन फुकुवा गर्दै उनलाई विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीमा समावेश गराउने तयारी गरेको थियो । तर, अमेरिकाले उनलाई भिसा दिन अस्वीकार गरेपछि उनको सपनामा ब्रेक लागेको थियो ।


प्रकाशित मिति: १४ जेष्ठ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?