Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

‘दलित समुदायको राजनीतिक प्रतिनिधित्व २००७–२०७९’ सार्वजनिक


७ चैत्र ,काठमाडौँ । पत्रकार लक्ष्मण दर्नालद्वारा लिखित ‘दलित समुदायको राजनीतिक प्रतिनिधित्व २००७–२०७९’ सार्वजनिक भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५८औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मूलन दिवसको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सो पुस्तक सार्वजनिक गरेका हुन्‌।

पुस्तकमा दलित समुदायबाट हालसम्म भएका सङ्घीय मन्त्री तथा सांसद, राजदूत, प्रदेश प्रमुख, प्रदेश मन्त्री तथा सदस्यको तथ्याङ्क (नामावली) समावेश गरिएको छ । पुस्तकमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित दलित समुदायका व्यक्तिको नामावली पनि समावेश छ ।

पुस्तकमा २००७ सालको परिवर्तनपछि हालसम्मका दलित मन्त्रीको सङ्ख्या जम्मा ३४ (सहायक र राज्यमन्त्रीसहित) रहेको उल्लेख छ ।

प्रदेश सरकारमा हालसम्म जम्मा १० जना दलित समुदायका व्यक्ति मन्त्री भएका छन् । राष्ट्रियसभा र प्रतिनिधिसभाका दलित सांसदको हालसम्मको सङ्ख्या एक सय ६७, प्रदेशसभा सदस्य एक सय नौ तथा प्रदेश प्रमुखमा एकजना र राजदूत तीन जना छन् ।

पुस्तकमा स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख तीन, उपप्रमुख नौ, गाउँपालिका अध्यक्ष छ, उपाध्यक्ष सात तथा छ हजार छ सय २० दलित महिला वडासदस्यमा निर्वाचित भएको उल्लेख छ ।


प्रकाशित मिति: ७ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?