Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

‘दलित समुदायको राजनीतिक प्रतिनिधित्व २००७–२०७९’ सार्वजनिक


७ चैत्र ,काठमाडौँ । पत्रकार लक्ष्मण दर्नालद्वारा लिखित ‘दलित समुदायको राजनीतिक प्रतिनिधित्व २००७–२०७९’ सार्वजनिक भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५८औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मूलन दिवसको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सो पुस्तक सार्वजनिक गरेका हुन्‌।

पुस्तकमा दलित समुदायबाट हालसम्म भएका सङ्घीय मन्त्री तथा सांसद, राजदूत, प्रदेश प्रमुख, प्रदेश मन्त्री तथा सदस्यको तथ्याङ्क (नामावली) समावेश गरिएको छ । पुस्तकमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित दलित समुदायका व्यक्तिको नामावली पनि समावेश छ ।

पुस्तकमा २००७ सालको परिवर्तनपछि हालसम्मका दलित मन्त्रीको सङ्ख्या जम्मा ३४ (सहायक र राज्यमन्त्रीसहित) रहेको उल्लेख छ ।

प्रदेश सरकारमा हालसम्म जम्मा १० जना दलित समुदायका व्यक्ति मन्त्री भएका छन् । राष्ट्रियसभा र प्रतिनिधिसभाका दलित सांसदको हालसम्मको सङ्ख्या एक सय ६७, प्रदेशसभा सदस्य एक सय नौ तथा प्रदेश प्रमुखमा एकजना र राजदूत तीन जना छन् ।

पुस्तकमा स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख तीन, उपप्रमुख नौ, गाउँपालिका अध्यक्ष छ, उपाध्यक्ष सात तथा छ हजार छ सय २० दलित महिला वडासदस्यमा निर्वाचित भएको उल्लेख छ ।


प्रकाशित मिति: ७ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?