Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

गो ब्याक अमेरिका !


-स्वागत नेपाल

GO BACK AMERICA
अमेरिकालाई नेपालले ३५ रनमा अलआउट गरेको, सन्दीप एक्लैले लिएको ६ विकेटको बदला लिन भिसा दिएन
उसले क्रिकेटमा खेल शुरु हुनुपूर्व नै धाँधली गर्यो ।

~ पहिला देश (Nation First)
अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई यसअघि सन् २०१९ मा पनि सुरुमा भिसा दिएको थिएन । नेपालीहरुको तीव्र दबाबपछि आफैंले बोलाएर दिन बाध्य भयो । अमेरिका पहिलोपटक घरेलु मैदानमा टी–२० विश्वकप खेल्दैछ । नेपाल र अमेरिकाले विश्वकप अघि वार्मअप म्याच खेल्दैछन् । क्रिकेटमा अमेरिकाभन्दा नेपाल बलियो छ ।अमेरिकाले सन्दीपको भिसा रिजेक्ट गर्दा नेपाली समर्थकले चार वर्षअघि नेपाल र अमेरिकाले खेलेको क्रिकेट म्याच सम्झिएका छन् । उक्त खेलमा नेपालले अमेरिकालाई एकदिवसीय क्रिकेटको इतिहासमै सबैभन्दा कम स्कोरमा समेटेको थियो ।

लिग २ श्रृंखलाअन्तर्गत सन् २०२० को फेबु्रअरी २ मा त्रिवि मैदानमा नेपाल र अमेरिका भिडेका थिए । टस हारेर पहिलो ब्याटिङमा उत्रिएको अमेरिका ३५ रनमा अलआउट भयो । ओपनर जेभियर मार्सलले २२ बलमा १६ रन बनाउनुबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेका थिएनन् ।

अमेरिकालाई ऐतिहासिक हार चखाउन सन्दीप लामिछानेले प्रमुख भूमिका खेलेका थिए । उनले केवल ६ ओभरमा १६ रन खर्चेर अमेरिकाका ६ ब्याट्सम्यानलाई पेभिलियन फर्काए । यो सन्दीप स्वयमको व्यक्तिगत उत्कृष्ट प्रदर्शन थियो । स्पिनर सुसन भारीले ४ विकेट लिए ।

३६ रनको लक्ष्य नेपालले ५।२ ओभरमा नै भेट्टायो । नेपालको कप्तानी गरेका ओपनर ज्ञानेन्द्र मल्ल १ रनमा र सुभाष खकुरेल शून्यमा आउट भएपछि पारस खड्का र दीपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै टीमलाई जिताएका थिए ।

सर्वाधिक कम स्कोरमा अलआउट भएको अमेरिकी विश्व रेकर्ड अहिले पनि कायम छ । यसअघि सन् २०२४ मा जिम्बाबेलाई श्रीलंकाले पनि ३५ रनमा नै अलआउट गरेको थियो ।
त्यसैले अमेरिकाले भिसा नदिएको उसको नीति मात्र होइन यो क्रिकेटमा अमेरिकालाई सन्दिपले यसपूर्व हार चखाएको बदला हो । त्यति मात्र होइन अमेरिका फेरि हार्ने भएको कारणले खेल शुरु हुनु पूर्व नै धाँधली गरेको हो । त्यसैले गो ब्याक अमेरिका । हामीलाई केही फरक पर्दैन। उनले अदालतबाट पाएको क्लिन चिटका विषयमा सर्वोच्च अदालतमा परीक्षण हुने छ । यसमा उसले बोल्ने होइन ।

उसको देशको भिसा उसले दिने नदिने उसको कुरा हो भन्ने आधार यसमा छैन किनकि उनी क्रिकेट खेल्न जान लागेका हुन्, अमेरिकाले आफू हार्ने डरले मात्र भिसा नदिएको हो, यो धाँधली हो । त्यसो गर्ने धाँधलीवाला अमेरिकी दूतावास नेपालबाट हटाउनुपर्छ । उनीहरुलाई पनि अनअराइभल भिजा अन्त्य गर्नुपर्छ ।


प्रकाशित मिति: १० जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?