Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

भवतु सब्ब मंगलम्


-डा. अजयक्रान्ति शाक्य

२६४८औं बुद्ध जयन्ति, २६१३ औं सम्बोधिलाभ दिवस र २५६८ औं महापरिनिर्वाण दिवसका रुपमा त्रिसंयोग भएको बुद्ध पूर्णिमाका अवसरमा सवैमा हार्दिक मंगलमय शुभकामना । सबैको मंगल होस्, सबैको भलो होस् । सबैको जय होस् ।

भवतु सब्ब मंगलम् ।

आजको नेपाली समाज व्देषपूर्ण हुँदै गइरहेको देखिन्छ । मानिसहरुले कुण्ठा पाल्ने, राग र व्देषयुक्त भएर व्यवहार गर्ने, लोभ, मोह अकुशल कर्मले युक्त हुँदै कर्म गर्ने जस्ता कारणले गर्दा समाजमा अशान्ति फैलिरहेको सबैले महशुस नै गरेको तथ्य हो ।

आज सामान्य तहका मानिसहरु देखि राज्य संचालन गर्ने जिम्मेवार व्यक्तिहरु नै वदला र प्रतिशोधको चिन्तनले ग्रस्त छन् । दु्रतगतिमा देशको विकास कसरी गर्ने, आर्थिक स्थित कसरी मजबुत बनाउने, उद्योग धन्दा, रोजगारी कसरी बढाउने भन्नेतिर भन्दा एकले अर्कालाई कसरी समाप्त पार्ने, कसरी निषेध गर्ने, कसरी वदला लिने भन्ने चिन्तन र व्यवहारले राजनीति र अन्य गतिविधिहरु समेत अघि बढिरहेको देख्न सकिन्छ ।

त्यसैले राज्य संचालन गर्न जिम्मेवारीमा वसेकाहरुले समेत बदला प्रतिशोध जस्ता भावना त्यागौं, व्देषपूर्ण भावना छोडौं, मैत्रीयुक्र भावनाका साथ कसरी जनतालाई सुख सुविधा दिने, कसरी देश विकास गर्ने भन्ने तिर ध्यान केन्द्रित गरौं । एक आपसमा निषेध गर्दै गयौं र सिध्याउँदै गयौं भने एकदिन हामी सबै समाप्त हुन्छौं । सबै नै पराजित हुन्छौं र एक दिन देश अरु कसैको हातमा जान सक्दछ । नेपाल र नेपालीको अस्तित्व समाप्त हुन सक्दछ ।

त्यसैले यति कुरा हेक्का राखी शान्ति पूर्ण रुपमा मिलीजुली बस्न सक्ने, एक आपसमा सम्मान गर्न सक्ने वातावरण निर्माण गर्न सबैले सबै तह र तप्काबाट योगदान पुर्याऔं ।

आज बुद्ध पूर्णिमाका दिन सबैमा यही नै शुभकामना ।
विपश्यना र समथ ध्यान अभ्यास अवश्य पनि नियमित रुपमा गर्नु होला ।
धन्यवाद ।


प्रकाशित मिति: १० जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?