Trending
>>   सहकारीमा कार्यरत कर्मचारीहरुलाई सुरक्षा कोषमा आवद्ध गर्न आवश्यकः मन्त्री अधिकारी >>   सेबोनका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए शपथ >>   एनपिएलको उत्कृष्ट नेपाली क्रिकेटरले ओमोडा गाडी पाउने >>   मुलुकमा झुटको खेती गर्नेको कमी छैन :प्रधानमन्त्री ओली >>   दुर्गा प्रसाईंलाई सर्वोच्चबाट अस्पताल फर्काइयो >>   नक्कली नोट सहित दुई जना पक्राउ >>   इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण >>   एसिसी यु–१९ एसिया कप टोलीको बिदाइ >>   क्रसर उद्योग नवीकरण गर्न सरकारसँग माग >>   सिक्टा आयोजनामा विलम्ब नगर्न समितिको निर्देशन
Logo
११ मंसिर २०८१, मंगलवार
११ मंसिर २०८१, मंगलवार

कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै


काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपा बस्ने छ ।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरी धारणा बनाउन संयुक्त बैठक बोलाइएको कांग्रेसले जनाएको छ । फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा भएको महासमिति बैठक पछि पहिलो पटक संयुक्त बैठक बस्न लागेको हो ।

कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।


प्रकाशित मिति: ९ जेष्ठ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?