Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

संसद घटनाबारे कांग्रेसले माग्यो प्रधानमन्त्रीसँग जवाफ


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गरेको छ ।बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले र कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको छ । यस्तो अवस्था आउनुको कारणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने कांग्रेस महामन्त्री गगन थापाले बताए ।

प्रतिनिधि सभाको बैठकपछि संघीय संसद भवनमा पत्रकार सम्मेलन गरेर थापाले प्रधानमन्त्री प्रचण्डले के चाहेको हो त्यो भन्नुपर्ने बताएका हुन् ।‘एमालेको त हेर्‍यौं, थाहा पायौं आज । तर, प्रधानमन्त्रीको के हो ? प्रधानमन्त्रीले के चाहनुभएको छ ? प्रधानमन्त्रीले समझदारी चाहनुभएको हो कि ? प्रधानमन्त्रीले सदनभित्र, बाहिर सबैतिर मुठभेडको स्थिति बनोस् भन्ने चाहनुभएको हो कि ? यो सन्दर्भमा प्रधानमन्त्रीको जवाफको अपेक्षा गर्दछौं’, महामन्त्री थापाले भने ।


प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?