Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

प्रधानमन्त्रीले ७ गते विश्वासको मत लिने,के हाेला प्रचण्ड सरकारकाे भविष्य?


काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७ जेठमा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएकाले कार्यसूचीमा राखिदिन अनुरोध गरेको हो ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री कार्यालयबाट विश्वासको मत प्रयोजनका लागि पत्र आएको जानकारी दिए । सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्व जसपा नेपालले ३१ वैशाखमा सरकारबाट समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।यादव नेतृत्वको जसपा नेपालले समर्थन फिर्ता लिँदा अशोक राई नेतृत्वको जसपाले समर्थन कायम राख्दै सरकारमा सहभागी छ ।


प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?