Trending
>>   ओली र लेखकको पक्राउ असंवैधानिक छ, सरकार संविधानअनुसार चलोस्ः एमाले >>   एकै महिनामा एक लाख २० हजार पर्यटक भित्रिए >>   रेमिट्यान्स कम्पनीहरूको न्युनतम चुक्ता पुँजी १० करोड पुर्‍याउने समयसीमा दुई वर्ष थप >>   आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै >>   संसद मुलुकको राजनीतिक संस्कृतिको प्रतिविम्व हो, संसद बैठक निर्विघ्न चलाउँछुः अर्जुननरसिंह केसी >>   देशभर एसईई परीक्षा आजदेखि शुरु >>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

संसद् घटनाको जिम्मेवार सभामुखः कांग्रेस


काठमाडौ। नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने जनाएको छ ।बिहीबार साँझ संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरी उनले सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गरेका बेला जबर्जस्ती संसदलाई कार्यसूचीमा प्रवेश गराएको बताए ।

उनले भने ,‘संसदमा भएको घटनाको मूल जिम्मेवारी सम्माननीय सभामुखज्यूले लिनुपर्छ। किनकी सदनमा जबरजस्ती विषय कार्यसूचीमा प्रवेश गराएर अप्रिय र अनपेक्षित स्थिति सिर्जना गर्ने कामको मूल जिम्मेवारी उहाँको हो,’। उनले सभामुख घिमिरे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आदेश पालकका रुपमा देखिनु दु:खद भएको बताए।

सभामुख घिमिरेले बिहीबार सत्तापक्षका तीन पार्टीका अध्यक्षसँग परामर्श गरेर त्यसै अनुसार बैठक चलाएको पनि थापाले बताए । ‘सभामुख एउटा नेताको आदेशपालकका रुपमा भूमिकामा रहने कुरा दु:खद विषय हो,’ थापाले भने, ‘यो यसरी निरन्तर रुपमा जाँदैन भन्ने कुराको अपेक्षा गर्छौँ ।’

कांग्रेसले घिमिरेलाई सभामुखको भूमिका जिम्मेवारीपूर्ण ढंगबाट निर्वाह गर्न पनि सचेत गराएको छ। ‘सम्माननीय सभामुखज्यूलाई भूमिका जिम्मेवार ढंगबाट निर्वाह गर्न सचेत गराउन चाहन्छौँ,’ महामन्त्री थापाले भने।

सत्तापक्षले परिस्थितिलाई मुठभेटतर्फ लैजाने स्थिति सिर्जना गरेको पनि उनले बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिहीबारको बैठक सूचना जारी गरेर स्थगित गर्न प्रस्ताव गरेको पनि थापाले बताए ।


प्रकाशित मिति: ३ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?