Trending
>>   क्षमताको आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्छः सपना प्रधान मल्ल >>   अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्तः न्यायाधीश थापा >>   कानून पेशा मात्रै धनको स्रोत हुन सक्दैन, अन्य आर्थिक उपार्जनका उपाय पनि खोजौँः वरिष्ठ अधिवक्ता… >>   गगनको राजीनामाबारे नेता केसी – पार्टी र देश बदल्छु भनेर हिँडेको क्याप्टेनले मैदान छोडेर जान… >>   महिलाले महिलाकै विरोध गर्ने होइन, वकालत गर्ने संस्कार बसालौंः महान्यायाधिवक्ता भण्डारी >>   सभापति थापाको राजीनामाबारे केन्द्रिय कार्यसमिति बैठकले निर्णय गर्छः सहमहामन्त्री राणा >>   बारको चेतावनीः दुई तिहाईको सरकारले संविधानवाद र कानूनको शासन चिर्न थाले बारल पोजिसन लिन्छ >>   सेतो मच्छिन्द्रनाथको रथ यात्राको लागि रथ निर्माण कार्य शुरु >>   नयाँ सरकारलाई सहकारी पीडितको खबरदारी ‘आफ्ना छोप्ने, पराइ हेप्ने प्रवृत्ति नदोहोरियोस्’ (तस्बिरसहित) >>   जानकी मन्दिरमा प्रधानमन्त्री कार्कीको पूजा अर्चना
Logo
६ चैत्र २०८२, शुक्रबार
६ चैत्र २०८२, शुक्रबार

‘न्यायलयबाट छोरी जोगाऔँं’


काठमाडौं । अदालतको फैसलालाई संकेत गर्दै अधिवक्ता मोहना अन्सारीले न्यायलयबाट छोरी बचाउनुपर्ने टिप्पणी गरेकी छिन् । नेपाल डायरी नामक ग्रुपको एक्स पोष्ट रिट्युट गर्दै अधिवक्ता अन्सारीले त्यस्तो टिप्पणी गरेकी हुन् ।

बुधबार उच्च अदालत पाटनले सन्दीपलाई बलात्कारको कसुरबाट सफाइ दिने फैसला सुनाएको थियो । उक्त फैसलामा आपत्ति जनाउँदै अधिवक्ता अन्सारीले छोरीलाई बलात्कारीबाट मात्रै नभएर न्यायलयबाट पनि बचाउनुपर्ने आशयको एक्स पोष्ट रिपोष्ट गरेकी हुन् ।

स्मरणीय के छ भने अधिवक्ता अन्सारी आँफै पीडित भनिएकी गौशाला –२६ को तर्फबाट कानुन व्यवसायी रहेकी थिइन् । तर अदालतले उनी पक्ष रहेको पीडितको विपक्षमा फैसला सुनाएलगत्तै अन्सारीले यस्तो आशयको ट्वीटर पोष्ट रिपोष्ट गरेकी हुन् ।

अन्सारीले सेयर गरेको पोष्टमा भनिएको छ, ‘बलात्कारीबाट मात्रै होइन, न्यायलयबाट पनि आफ्नो छोरीहरु जोगाऔँ’ । त्यसको तल लेखिएको छ, ‘यस्तो समाज, यस्तो परिदृश्यको भागिदार बन्नुपर्ला भनेर कहिल्यै सोचिएको थिएन । यो स्तरको समाजको पतन, अदालतमा निर्लज्जताको नाङ्गो नाच ।’


प्रकाशित मिति: २ जेष्ठ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?