Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

सरकारबाट बाहिरिने तयारीमा उपेन्द्र यादव


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे ज्यापु प्रज्ञा भवन च्यासलमा बस्ने प्रवक्ता मनिष सुमनले जानकारी दिए ।बैठकले पार्टीको फुट, समसामयिक राजनीति, महाधिवेशन तयारीलगायत विषयमा छलफल गरी आवश्यक निर्णय लिने जनाइएको छ ।

अशोक राईको नेतृत्वमा सात जना संघीय सांसद अलगिएपछि जसपा नेपालको राजनीतिक परिवेश फेरिएको छ । यसको असर प्रदेश हुँदै केन्द्रमा समेत आइपुगेको छ । मधेस प्रदेशमा जसपा नेपालका सरोज यादव नेतृत्वको सरकारबाट आईतबार माओवादी केन्द्र र एमाले बाहिरिए पछि पार्टी अध्यक्ष तथा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई केन्द्रीय सरकार छाड्नु पर्ने नैतिक बाध्यता आइपरेको छ ।


प्रकाशित मिति: ३१ बैशाख २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?