Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै


७ चैत्र, काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज दिउँसो बस्ने भएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा रहेको व्यवस्थापन समितिको बैठक आज दिउँसो साढे १२ बजे बस्न लागेको हो ।

आज बस्ने बैठकमा विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गरिने पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

यसैगरी जसपाले चैत १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिइसकेको छ । जसपाले यही चैत २७, २८ र २९ गते आफ्नो विधान अधिवेशन गर्ने निर्णय गरेकाले उक्त विषयको तयारीका लागि पनि आजको बैठक बोलाइएको बताइएको छ ।


प्रकाशित मिति: ७ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?