Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्छः पूर्व स्वास्थ्यमन्त्री थापा


काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले सुरु गरेको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । मानिसलाई रोग लाग्नु अघिनै निधानात्मक उपायका लागि थापा स्वास्थ्य मन्त्री हुँदा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको अवधारणा ल्याएका थिए ।

काठमाडौं महानगरपालिका वडा ३०मा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनको दोस्रो वार्षिकोत्सवको अवसरमा थापा स्वास्थ्य मन्त्री हुँदा सुरु भएको बिमा कार्यक्रम पनि शनिवारदेखि शुभारम्भ भएको छ । थापाले सहरी स्वास्थ्य केन्द्रमा बिमा कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरेका हुन् ।

रोग लागेपछि मात्र अस्पताल जाने प्रचलन रहेकोमा स्वास्थ्य प्रणालीमा सुधार ल्याएर रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने कांग्रेस महामन्त्री समेत रहेका थापाले बताए । ‘ठूलो रोग लाए गरिबीमा फस्ने अवस्था छ,’ थापाले भने, ‘स्वास्थ्य प्रणालीलाई सुधार गर्दै नागरिकलाई निरोगी राख्न र उपचार गनुपर्ने अवस्था आउन नदिन सहरी स्वास्थ्य केन्द्रको अवधारणा ल्याएको हो ।’ स्थानीय सरकारले प्राथमिक स्वास्थ्यमा ध्यान दिनुपर्ने थापाले बताए । ‘सबैलाई अस्पताल चाहिएको छ,’ उनले भने, ‘ त्यो भन्दा नागरिकको स्वास्थ्य जीवन शैलीमा ध्यान दिनुपर्छ ।

केन्द्रले वडाबासीहरुको स्वास्थ्य सँग सम्बन्धित सबै विषयहरुको विवरण राख्ने, स्वास्थ्य परिक्षण गर्ने, विभिन्न रोगहरु लाग्नै नदिन जनचेतना फैलाउने र सहुलियतमा औषधिहरुको व्यवस्था गर्ने उद्देस्यले स्थापना भएको हो ।


प्रकाशित मिति: ३० बैशाख २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?