Trending
>>   आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै >>   संसद मुलुकको राजनीतिक संस्कृतिको प्रतिविम्व हो, संसद बैठक निर्विघ्न चलाउँछुः अर्जुननरसिंह केसी >>   देशभर एसईई परीक्षा आजदेखि शुरु >>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :…
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

उपप्रधानमन्त्री महासेठ भन्छन-‘विकासमा राजनीति गर्नु हुँदैन’


काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताएका छन्। शनिवार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति ५ वर्षमा ६ महिना जति गरे पुग्ने भन्दै अरू बेलामा विकास निर्माणमा लाग्नुपर्ने बताए।

उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनताका राजनीति गरेर अन्य सबै समयमा देश विकासमा लाग्न सबै राजनीतिक दल र नेताहरूलाई आग्रह गरे।उनले दलका नेताहरुले राजनीतिक कुरा र पार्टीका कुरा मात्रै गर्ने नभइ दलको स्वार्थ भन्दा माथि उठेर सोच्न आवश्यक रहेको बताए।उपप्रधान महासेठले दल भन्दा माथि उठेर नसोचेसम्म देश अघि बढाउन नसकिने जिकिर गरे।

उनले भने, ‘पार्टीका नेताहरूले पार्टीका कुरामात्रै गर्ने होइन। हामीले पार्टीको स्वार्थभन्दा माथि उठेर जब सोंच्दैनौं, देश अघि बढाउन सक्दैनौं। हामीले विद्वान साथीहरूसँग कुरा बुझेर, सोधेर अघि बढ्नुपर्छ। दोस्रो पटक म पनि भौतिक मन्त्रालयमा आएको छु। कामको गति बढाउँदैछौं। विश्वास छ यस वर्ष यस सरकारले भौतिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त गर्नेछ।’


प्रकाशित मिति: २९ बैशाख २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?