Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय


७ चैत्र ,काठमाडौँ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले नेपाल प्रहरीको जनपद समूहतर्फको पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

फागुन २६ गते गृह सचिव नेतृत्वको बढुवा सिफारिस समितिको बैठकले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार पाँच डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा  मन्त्रिपरिषद्ले बढुवा गर्ने निर्णय गरेको हो ।

गृह सचिव विनोदप्रकाश सिंहले मन्त्रिपरिषद्बाट बढुवा गर्ने निर्णय भई आइसकेको र आजै नियुक्ति पत्र प्रदान गर्ने जानकारी दिए ।

यसरी एआइजीमा बढुवा हुनेमा मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी बसन्त बहादुर कुँवर, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी टेकप्रसाद राई, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी दीपक थापा, कोसी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी श्यामलाल ज्ञवाली र प्रहरी प्रधान कार्यालय, आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा रहेका डिआइजी किरण बज्राचार्य छन्।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह चैत ११ गते अनिवार्य अवकाशमा जाने हुँदा बढुवा भएकामध्ये एक जना एआइजीलाई सरकारले प्रहरी महानिरीक्षक (आइजिपी)मा पदोन्नति गर्नेछ ।


प्रकाशित मिति: ७ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?