Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

स्वदेशमै सिप,स्वदेश बनाउने सोच


काठमाडौँ । सिप सिकेर स्वदेशमा काम गर्छु । नेपालमा रोजगार र स्वरोजगारका धेरै सम्भावना छन् भन्ने सोच विकास गर्न काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभएको छ । सिप मेलामा चलेका कक्षाहरुको निरीक्षण गर्ने क्रममा आज उहाँले प्रशिक्षार्थीहरुसँग अपेक्षासहितको आग्रह गर्नुभएको हो । उहाँले आज बिहान ८ बजे सुरु भएका कक्षा, तालिम सञ्चालन हुने ठाउँ र तालिम व्यवस्थापनको निरीक्षण गर्नुभएको थियो ।

त्यस क्रममा उहाँलाई सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा, रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि कार्यक्रमका फोकल पर्सन शान्ता पहाडी, रोजगार संयोजकहरु देवेन्द्र के. सी., अजय पौडेलले तालिमसँग सम्बन्धित व्यवस्थापकीय पक्षमा जानकारी गराउनुभएको थियो । त्यस क्रममा प्रशिक्षार्थीहरुसँग अन्तरक्रिया गर्दै उपप्रमुखले उहाँहरुका अपेक्षाका बारेमा जानकारी लिनुभएको थियो । प्रशिक्षार्थीहरुले सिप विकासका विशिष्ट कक्षाहरुको अवसरको अपेक्षा राख्नुभएको थियो ।

सिप मेलामा १० विधाका ३० वटा पेशासँग सम्बन्धित तालिम चलिरहेका छन् । २९ वटा पेशा राखिएकोमा मोवाइल रिपेयरिङ्को अत्याधिक माग आएपछि यो पेशा थप गरिएको हो । यस्तै टेलरिङ् ( ड्रेस मेकिङ्) मा संख्या धेरै भएपछि कक्षा थप गरिएको छ ।


प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?