Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

प्रजातान्त्रिक विचार समाजद्वारा राष्ट्रपतिलाई बधाई तथा शुभकामना


६ चैत्र ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रजातान्त्रिक विचार समाजले राष्ट्रपति पदमा निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको कार्यक्रममा समाजका अध्यक्ष केदारनरसिंह केसी र वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले राष्ट्रपतिसमक्ष अभिनन्दनपत्र हस्तान्तरण गरेका थिए ।

सो अभिनन्दनपत्र समाजका सचिव वासुदेव भण्डारीले वाचन गरेका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले प्रजातान्त्रिक विचार समाजले लोकतन्त्र र मुलुकलाई अप्ठ्यारो पर्दा सचेतकको भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

सो कार्यक्रममा नेपाल चिकित्सक सङ्घका नवनिर्वाचित अध्यक्ष डा अनिल कार्की, समाजका उपाध्यक्ष डा ईश्वरी लौडारी, कोषाध्यक्ष पुष्पमान श्रेष्ठ, बागमती प्रदेश संयोजक भरत दवाडी, लुम्बिनी प्रदेश संयोजक शङ्कर दिवस मजगैया, गण्डकी प्रदेश संयोजक प्रा डा अकलदेव मिश्र, केन्द्रीय सदस्यहरू प्राडा भुपेन्द्र बस्नेत, डा वीरबहादुर कार्की, कृष्ण केसी, सिवी मल्ल, मेनुका राजभण्डारी, राजन कुइँकेल र जानुका पन्त, आजीवन सदस्य अञ्जु केसीलगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?