Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

प्रजातान्त्रिक विचार समाजद्वारा राष्ट्रपतिलाई बधाई तथा शुभकामना


६ चैत्र ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रजातान्त्रिक विचार समाजले राष्ट्रपति पदमा निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको कार्यक्रममा समाजका अध्यक्ष केदारनरसिंह केसी र वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले राष्ट्रपतिसमक्ष अभिनन्दनपत्र हस्तान्तरण गरेका थिए ।

सो अभिनन्दनपत्र समाजका सचिव वासुदेव भण्डारीले वाचन गरेका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले प्रजातान्त्रिक विचार समाजले लोकतन्त्र र मुलुकलाई अप्ठ्यारो पर्दा सचेतकको भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

सो कार्यक्रममा नेपाल चिकित्सक सङ्घका नवनिर्वाचित अध्यक्ष डा अनिल कार्की, समाजका उपाध्यक्ष डा ईश्वरी लौडारी, कोषाध्यक्ष पुष्पमान श्रेष्ठ, बागमती प्रदेश संयोजक भरत दवाडी, लुम्बिनी प्रदेश संयोजक शङ्कर दिवस मजगैया, गण्डकी प्रदेश संयोजक प्रा डा अकलदेव मिश्र, केन्द्रीय सदस्यहरू प्राडा भुपेन्द्र बस्नेत, डा वीरबहादुर कार्की, कृष्ण केसी, सिवी मल्ल, मेनुका राजभण्डारी, राजन कुइँकेल र जानुका पन्त, आजीवन सदस्य अञ्जु केसीलगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?