Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

म षड्यन्त्रको शिकार भएको समयले बताउनेछ


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको षड्यन्त्रमा संलग्न सबैको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन् । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेले आफूलाई बलात्कार मुद्दामा फसाइएको दाबी गर्दै यो ‘षड्यन्त्र’ रच्ने सबैको नाम सार्वजनिक गर्ने चेतावनी दिएका हुन् ।

बुधबार मध्यराति फेसबुकमा स्टाटस लेख्दै उनले षड्यन्त्रको भूमिका खेल्नेको नाम छिट्टै सार्वजनिक गर्ने उल्लेख गरेका छन् । ‘म सम्बन्धित अदालतको कानून र आदेशको सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु जो यस मुद्दामा संलग्न छन्,’ उनले भनेका छन् ।

त्यसअघि उनले आफू षड्यन्त्रको शिकार भएको बताएका छन् । ‘मैले लामो समय पोस्ट गर्नबाट आफूलाई टाढा राखें । म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन,’ उनले भनेका थिए, ‘यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवानले आशीर्वाद दिउन् । म सबै कुरा भगवानमा छोड्छु । सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ ।’

बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ८ वर्ष जेल सजाय तोकिएका सन्दीपको पुनरावेदन उच्च अदालत पाटनमा विचाराधीन छ । सम्भवतः उनले विश्वकप टोली घोषणा हुनुअघि नै आफ्नो मुद्दाको छिनोफानो चाहेका थिए ।


प्रकाशित मिति: २० बैशाख २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?