Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

नेपालमा लगानीका लागि धेरै सम्भावना छन्ः मन्त्री चौधरी


काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नेपालमा लगानीको सम्भावना भएको भन्दै लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आह्वान गरेकी छिन् । आजदेखि सुरु लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपालका विभिन्न क्षेत्रमा लगानीको सम्भावना रहेको भन्दै लगानी गर्न आह्वान गरिन् ।

उनले सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि काम गरिहहेको बताइन् । लगानी सम्मेलनमार्फत आवश्यक लगानी आकर्षित गर्नका लागि सरकारले विभिन्न ऐन संशोधन समेत गरेको उल्लेख गरीन।

उनले सरकारले पनि लगानी बढाउनका लागि सोहीअनुसारको वातावरण तयार गरिदिनुपर्नेमा जोड दिएकी छिन् । “नेपालमा लगानी बढाउनका लागि लगानीकर्ताहरूलाई वातावरण निर्माण गरिदिनुपर्छ, सरकारले पनि कानुनमा देखिएका समस्यालाई अध्यादेशमार्फत सम्बोधन गरेको छ”, मन्त्री चौधरीले भनिन, “खासगरी जग्गाको हदबन्दी र नदी कोरिडोर र वातावरणीय विषय सम्बोधन गरिएको छ ।”

लगानीका दृष्टिले नेपाल सम्भावनायुक्त देश भएको भन्दै मन्त्री चौधरीले कानुनी, भौगोलिक तथा रणनीतिक हिसाबले पनि उचित भएको बताउनुभयो । “नेपालमा लगानी गर्नका निम्ति प्रशस्तै सम्भावना छन्”, उनले भनिन, “खासगरी नेपालमा लगानी गर्न चाहने वैदेशिक लगानीकर्तालाई म लगानीका लागि आह्वान गर्न चाहन्छु । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लगानीकर्ता सबैका लागि यहाँ ठाउँ पनि छ, सम्भावना पनि छ ।


प्रकाशित मिति: १६ बैशाख २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?