Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

गर्मीमा चस्मा लगाउने बानि छ:कसरी छान्ने आफ्नो अनुहार अनुसारको फ्रेम ?


आँखाको दृष्टि सुधार र सुरक्षाका लागि मात्र नभइ आजभोली फेसनका रुपमा पनि चस्माको प्रयोग बढ्दो रहेको छ । चस्मालाई फेसनका रुपमा लिँदा मानिसहरुले जुन पायो त्यहि चस्माको प्रयोग गर्ने गरेका छन् । यसो गर्नाले आँखामा असर पर्न सक्ने विज्ञहरु बताउँछन् ।

विभिन्न फ्रेम र लेन्सका चस्मा र कुन अवस्थामा कस्तो चस्मा लगाउने भन्ने उपचार विधिअनुसार विज्ञहरुको सुझावमा चस्मा लगाउनु उपयुक्त हुन्छ । साथै, अनुहारको बनोट र आकारअनुसार चस्माको छनौट गरियो भने मानिसलाई अझै सुन्दर देखिन्छ ।

कस्तो अनुहारमा कस्तो सनग्लास सुहाउँछ ?

कस्तो सन ग्लास सुहाउँछ भन्ने कुरा प्रयोग गर्ने व्यक्तिको अनुहारको बनौटमा निर्भर रहन्छ । लाम्चो अनुहार भएको र गोलाकार अनुहार भएको व्यक्तिलाई एउटै आकारको सनग्लास राम्रो देखिदैन । त्यसैले सनग्लास खरिद गर्नुअघि कस्तो सनग्लास लगाउने भन्ने कुरा ख्याल गर्नुपर्छ ।

– अनुहार गोलाकार छ भने सानो आकारको सनग्लास सुहाउँछ । तर, उनीहरुले राउन्ड प्लेन फ्रेम लगाउन हुँदैन ।

– गोलाकार अनुहारमा आयतकार फ्रेम पनि राम्रो मानिन्छ । गोलाकार अनुहारको लम्बाइ र चौडामा खासै अन्तर हुँदैन । यस्तो अनुहारमा आयतकार सनग्लास सुहाउँछछ ।

– आयतकार अनुहार भएकाले एभिएटर फ्रेम उत्तम हुन्छ । लामो अनुहारलाई यस्तो फ्रेमले सहि आकारको देखाउन मद्दत गर्छ ।

– बर्गकार अनुहार भएकाले अन्डाकार फ्रेम भएको सनग्लास लगाउँदा राम्रो देखिन्छ ।

– स्क्वायर फेस भएकालाई अन्डाकार फ्रेम सुहाउँछ ।


प्रकाशित मिति: २९ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?