Trending
>>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु >>   प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी >>   समाजमा कुष्ठरोगलाई हेर्ने दृष्टिकोण अझै नकरात्मकः कानूनमन्त्री सिन्हा >>   समानुपातिकतर्फको सिट बाँडफाँड कसरी हुन्छ ? यस्तो छ निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट लग’ विधि >>   एनआरएनएको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता शुरु >>   जमानत जफत हुनेमा २,८९० उम्मेदवार , ३५० जनाले एक भोट पनि पाएनन्
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

अहिलेको समस्याको जड निर्वाचन प्रणालीले निम्त्याएको हाेः डा. शेखर कोइराला


काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको समस्याको जड निर्वाचन प्रणालीले निम्त्याएको सरकार गठन र बिघटन भएको बताउँदै संविधान संशोधन नगरेसम्म देशमा राजनीतिक स्थिरता कायम नहुने ठोकुवा गरे ।

संविधान संशोधन मार्फत सुशासन, बिकास र समृद्धिको बाटोमा हिडाउँन कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको कोइरालाले औंल्याए । “कति सधैं सरकार गठन र बिघटनमा मात्रै लागिरहने ? जनताका काम कहिले गर्ने ? बिकास कहिले गर्ने ? कोइरालाले प्रश्न गरे ।

“संविधान सभाको पहिलो निर्वाचनबाट कम्युनिष्टहरु पटक-पटक सत्तामा पुगेपनि संबिधान बनाउन सकेनन् र जब दोस्रो संविधान सभाबाट कांग्रेसको नेतृत्वमा सरकार बन्यो अनि मात्रै संविधान जारी भयो । परिबर्तन कांग्रेसबाट मात्रै सम्भव छ भन्ने कुरा बुझ्न पर्यो ” कोइरालाले भने -“त्यसैले अब कांग्रेस र एमाले मिलेर संविधान संशोधन गर्नुपर्ने आवश्यकता छ ।”

कोइरालाले राजनीतिक स्थिरता, सुशासन र बिकास आफ्नो मुल एजेन्डा भएको र त्यसमा आफू पुर्णरुपले प्रतिबद्ध रहेको पनि बताए । हाम्रै नेताहरुले त्यो पनि कांग्रेसले नै देश बनाउन सक्छ भन्ने सन्देश गाउँघरका कुनासम्म पुर्याईदिन कोइरालाले शिक्षकहरुसँग आग्रह समेत गरे ।

लुम्बिनीमा आयोजित नेपाल शिक्षक संघको २३औं संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै कोइरालाले शान्तिका दुत गौतम बुद्धको पवित्र भुमि लुम्बिनीबाट आजैदेखि सबैले सत्यको बाटोमा हिंड्ने प्रण गर्दै देश बनाउने अभियानमा लागौं भन्ने अठोट गर्न सबैलाई आग्रह गरे । कोइरालाले सत्यको बाटो अप्ठ्यारो हुने तर जित सत्यकै हुने बताए । कोइरालाले पार्टीभित्रको तिक्तता र मनमुटाव बिर्सेर संगठनमा लाग्न र एक्लै निर्वाचन लड्ने तयारीमा जुट्न देशभरका कार्यकर्तालाई आग्रह समेत गरे ।


प्रकाशित मिति: २८ चैत्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?