Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

बिरालोले बाटो काट्याे? यस्तो छ शास्त्रीय मान्यता


साइत गरेर हिँडेको बेला बिरालोले बाटो काट्यो भने त्यसलाई अशुभ मानिन्छ। कतिपय त त्यो दिनको यात्रा नै रद्द गरेर अर्को दिन हिड्छन या त बाटो परिवर्तन गरेर हिड्छन। तर, त्यो मानिसको भ्रम र अन्धविश्वास मात्र हो। वास्तु तथा शास्त्रका मान्यता अनुसार बिरालोले बाटो काट्नुको अलग अलग शुभ र अशुभ अर्थ हुने बिश्वास गरिन्छ। बिरालोले बाटो काट्नुको शास्त्रीय मान्यताको बारेमा यस्ताे छ ।

-यदि तपाई कतै जाँदै हुनुहुन्छ र बिरालोले तपाईको बाटो काट्यो भने तपाई एकछिन त अवश्य नै अडिनुहुन्छ। तर यदि बिरालोले तपाईको बाटो काटेको समय तपाईको दायाँबाट बायाँपट्टि गएको छ भने त्यसलाई शुभ मान्न सकिन्छ यसको अर्थ तपाई जुन कामका लागि घरबाट निस्कनु भएको हो त्यस काममा तपाईले सफलता पाउनुहुनेछ।

-बिरालोले बाटो काटेको त्यतिबेला अशुभ हुन्छ जब कालो बिरालोले बाटो काट्छ। अन्य रंगका बिरालाले बाटो काट्नुले अशुभ संकेत दिंदैन।

-मान्यता अनुसार बिरालोले घरको सुख शान्तिको संदेश पनि प्रवाह गर्दछ।

-बिरालोले यदि तपाईको घरमा बच्चालाई जन्म दियो भने त्यसलाई शुभ मानिन्छ। बिरालो र उसको बच्चालाई हरेक दिन दुध पिलाउनाले घरमा सुख, समृद्धि छुने मान्यता रहेको छ।

-त्यस्तै यदि बाटोमा हिंडिरहेको बेला बिरालोले आफ्नो मुखमा च्यापेर केहि चिज लैजाँदै छ भने त्यसलाई शास्त्रमा शुभ मानिन्छ।


प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?