Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

बिरालोले बाटो काट्याे? यस्तो छ शास्त्रीय मान्यता


साइत गरेर हिँडेको बेला बिरालोले बाटो काट्यो भने त्यसलाई अशुभ मानिन्छ। कतिपय त त्यो दिनको यात्रा नै रद्द गरेर अर्को दिन हिड्छन या त बाटो परिवर्तन गरेर हिड्छन। तर, त्यो मानिसको भ्रम र अन्धविश्वास मात्र हो। वास्तु तथा शास्त्रका मान्यता अनुसार बिरालोले बाटो काट्नुको अलग अलग शुभ र अशुभ अर्थ हुने बिश्वास गरिन्छ। बिरालोले बाटो काट्नुको शास्त्रीय मान्यताको बारेमा यस्ताे छ ।

-यदि तपाई कतै जाँदै हुनुहुन्छ र बिरालोले तपाईको बाटो काट्यो भने तपाई एकछिन त अवश्य नै अडिनुहुन्छ। तर यदि बिरालोले तपाईको बाटो काटेको समय तपाईको दायाँबाट बायाँपट्टि गएको छ भने त्यसलाई शुभ मान्न सकिन्छ यसको अर्थ तपाई जुन कामका लागि घरबाट निस्कनु भएको हो त्यस काममा तपाईले सफलता पाउनुहुनेछ।

-बिरालोले बाटो काटेको त्यतिबेला अशुभ हुन्छ जब कालो बिरालोले बाटो काट्छ। अन्य रंगका बिरालाले बाटो काट्नुले अशुभ संकेत दिंदैन।

-मान्यता अनुसार बिरालोले घरको सुख शान्तिको संदेश पनि प्रवाह गर्दछ।

-बिरालोले यदि तपाईको घरमा बच्चालाई जन्म दियो भने त्यसलाई शुभ मानिन्छ। बिरालो र उसको बच्चालाई हरेक दिन दुध पिलाउनाले घरमा सुख, समृद्धि छुने मान्यता रहेको छ।

-त्यस्तै यदि बाटोमा हिंडिरहेको बेला बिरालोले आफ्नो मुखमा च्यापेर केहि चिज लैजाँदै छ भने त्यसलाई शास्त्रमा शुभ मानिन्छ।


प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?