काठमाडौं । देउवा निवास बुढानीलकण्ठमा बसेको नेपाली कांग्रेसको बैठकले बझाङको प्रदेशसभा सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
अभिषेक कांग्रेसका दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन् । सुदूरपश्चिम सरकारमा कानूनमन्त्रीसमेत रहेका सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
प्रकाशित मिति: २२ चैत्र २०८०, बिहीबार