Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

दिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’लाई दोस्रो सफलता


काठमाडौं। नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’को एक दिवसीय सिरिजको पहिलो खेलको ८ ओभरको चौथो बल खेल्दा नेपालले दोस्रो विकेट लिएको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस हारेर फिल्डिङ गरेको हो। टस जितेर ब्याटिङ गरिरहेको आयरल्यान्डले १० ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ३६ रन बनाएको छ। १० औ ओभर रिजन ढकालले मेडन राखेका हुन्।

नेपालका लागि पहिलो विकेट ५ ओभर १ बलमा रिजन ढकालले लिए। उनले जेम्स म्याकोलमलाई १२ रनमा आउट गरेका हुन्। १५ बल खेलेका उनले तीन चौका प्रहार गरेका थिए।

त्यसैगरी नेपालका लागि दोस्रो विकेट शाहब आलमले लिए। उनले आयरल्यान्डका स्टीफन डोहेनीलाई ८ ओभरको चौथो बलमा एलबीडब्लुमा पारेका हुन्।


प्रकाशित मिति: २१ चैत्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?