Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

किन चार्जमा छाडेर सुत्न हुँदैन फाेन?


फाेन चार्जमा छाडेर सुत्दा  फोन पड्किने सम्भावना रहन्छ । कुनै पनि फोन पड्किनु अगाडि त्यस्तो कुनै खास चेतावनीको संकेत दिने भन्ने हुँदैन । तथापि फोनबाट प्लास्टिक वा केमिकल जलेको जस्तो गन्ध आउनु, तथा फोनबाट घात्राक घुत्रुक र पिटिक पिटक गरेको आवाज आउनुपनि फोन पड्किन लागेका संकेत हुन् ।

यी सूचकहरुले फोनलाई अब राम्रोसँग हेरचाह गरिएन भने क्षतिग्रस्त हुन थालेको वा पड्किन थालेको संकेत गर्दछन् । त्यस्तै चार्ज गर्दा फोन धेरै तात्ने भयो भने पनि फोन पड्किन सक्छ । यदि फोन चार्ज गर्दा केही डढेजस्तो भयो वा तातेर आवाज आउन थाल्यो भने तत्कालै चार्जबाट निकाल्नु पर्दछ ।

फोनको ब्याट्री फुल्नु पनि फोन पड्किन सक्ने संकेत हो । ब्याट्रीको भित्री भागमा क्षति पुगेको वा बिग्रिएको क्षयिकरण भएको अवस्थामा नै ब्याट्री फुलिने गर्दछ । त्यस्तै स्मार्टफोनको स्क्रिनमा चुच्चो बन्नु, फोन मोटो हुँदै जानु, समतल सतहमा फोन राख्दा राम्रोसँग नअडिनु आदि संकेतहरु देखिए पनि सचेत बन्नुपर्दछ ।

यदि तपाईंलाई आफ्नो फोनको ब्याट्रीमा गडबडी आएको छ भन्ने लाग्यो भने स्मार्टफोनको आधिकारिक सर्भिस सेन्टरमा लगेर जाँच र मर्मत गराइहाल्नुस् ।


प्रकाशित मिति: २० चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?