Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

किन चार्जमा छाडेर सुत्न हुँदैन फाेन?


फाेन चार्जमा छाडेर सुत्दा  फोन पड्किने सम्भावना रहन्छ । कुनै पनि फोन पड्किनु अगाडि त्यस्तो कुनै खास चेतावनीको संकेत दिने भन्ने हुँदैन । तथापि फोनबाट प्लास्टिक वा केमिकल जलेको जस्तो गन्ध आउनु, तथा फोनबाट घात्राक घुत्रुक र पिटिक पिटक गरेको आवाज आउनुपनि फोन पड्किन लागेका संकेत हुन् ।

यी सूचकहरुले फोनलाई अब राम्रोसँग हेरचाह गरिएन भने क्षतिग्रस्त हुन थालेको वा पड्किन थालेको संकेत गर्दछन् । त्यस्तै चार्ज गर्दा फोन धेरै तात्ने भयो भने पनि फोन पड्किन सक्छ । यदि फोन चार्ज गर्दा केही डढेजस्तो भयो वा तातेर आवाज आउन थाल्यो भने तत्कालै चार्जबाट निकाल्नु पर्दछ ।

फोनको ब्याट्री फुल्नु पनि फोन पड्किन सक्ने संकेत हो । ब्याट्रीको भित्री भागमा क्षति पुगेको वा बिग्रिएको क्षयिकरण भएको अवस्थामा नै ब्याट्री फुलिने गर्दछ । त्यस्तै स्मार्टफोनको स्क्रिनमा चुच्चो बन्नु, फोन मोटो हुँदै जानु, समतल सतहमा फोन राख्दा राम्रोसँग नअडिनु आदि संकेतहरु देखिए पनि सचेत बन्नुपर्दछ ।

यदि तपाईंलाई आफ्नो फोनको ब्याट्रीमा गडबडी आएको छ भन्ने लाग्यो भने स्मार्टफोनको आधिकारिक सर्भिस सेन्टरमा लगेर जाँच र मर्मत गराइहाल्नुस् ।


प्रकाशित मिति: २० चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?