Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

खुट्टा गन्हाउने समस्या छ? यस्ता छन ४ घरेलु उपाय


काठमाडौँ । गर्मी लागेसँगै धेरैमा खुट्टा गन्हाउने समस्या आउने गर्दछ । जुत्ता लगाएर लामो समय बस्दा खुट्टा गनाउने समस्या झनै बढेर जान्छ । यो समस्याले कहिले काहीँ मानिसहरूको छेउमा बस्दा पनि असहज बनाउन सक्छ । यो समस्या हटाउन केही घरेलु विधिहरू अपनाउन सकिन्छ ।

खुट्टा गन्हाउने समस्या भएका मानिसहरूले राति सुत्नुअघि खुट्टामा मोजा लगाइ त्यसभित्र कागती राखेर सुत्दा यो समस्याबाट छुटकारा मिल्छ ।

कागतीको प्रयोग कसरी गर्ने ?

सुरुमा कागतीलाई दुई भागमा काट्ने । काटेको कागतीलाई पैतालामा दलेर बोक्रा सहितको कागतीलाई मोजाभित्रै राखेर सुत्नु फाइदाजनक हुन्छ । कागतीलाई मोजाभित्र कम्तीमा दुई घण्टा राख्नु राम्रो हुन्छ । यसरी कागती प्रयोग गरेको केही दिनभित्रै खुट्टा सफा र दागबाट मुक्ति मिल्छ ।

मोजाभित्र कागती राखेर सुत्दा हुने अन्य फाइदा यस्ता छन्–

क्रिम, लोसन आदि लगाउनुका सट्टा मोजाभित्र कागती राखेर सुत्दा खुट्टा सुख्खा हुनबाट छुटकारा मिल्छ ।
– मोजाभित्र कागती राखेर सुत्दा खुट्टामा आउने विभिन्न किसिमका दाग हटेर जान्छ ।
– राति सुत्नु अघि मोजाभित्र कागती राखेर सुत्दा यसले खुट्टामा आउने मासुका डल्ला पलाउने समस्याबाट छुटकारा मिल्छ ।
– कागतीको रसले पैतालाको सुख्खापन हटाउन मद्दत मिल्छ । त्यसैले पैतालालाई नरम राख्न कागती उपयोगी हुन्छ ।


प्रकाशित मिति: २० चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?