Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

खुट्टा गन्हाउने समस्या छ? यस्ता छन ४ घरेलु उपाय


काठमाडौँ । गर्मी लागेसँगै धेरैमा खुट्टा गन्हाउने समस्या आउने गर्दछ । जुत्ता लगाएर लामो समय बस्दा खुट्टा गनाउने समस्या झनै बढेर जान्छ । यो समस्याले कहिले काहीँ मानिसहरूको छेउमा बस्दा पनि असहज बनाउन सक्छ । यो समस्या हटाउन केही घरेलु विधिहरू अपनाउन सकिन्छ ।

खुट्टा गन्हाउने समस्या भएका मानिसहरूले राति सुत्नुअघि खुट्टामा मोजा लगाइ त्यसभित्र कागती राखेर सुत्दा यो समस्याबाट छुटकारा मिल्छ ।

कागतीको प्रयोग कसरी गर्ने ?

सुरुमा कागतीलाई दुई भागमा काट्ने । काटेको कागतीलाई पैतालामा दलेर बोक्रा सहितको कागतीलाई मोजाभित्रै राखेर सुत्नु फाइदाजनक हुन्छ । कागतीलाई मोजाभित्र कम्तीमा दुई घण्टा राख्नु राम्रो हुन्छ । यसरी कागती प्रयोग गरेको केही दिनभित्रै खुट्टा सफा र दागबाट मुक्ति मिल्छ ।

मोजाभित्र कागती राखेर सुत्दा हुने अन्य फाइदा यस्ता छन्–

– क्रिम, लोसन आदि लगाउनुका सट्टा मोजाभित्र कागती राखेर सुत्दा खुट्टा सुख्खा हुनबाट छुटकारा मिल्छ ।
– मोजाभित्र कागती राखेर सुत्दा खुट्टामा आउने विभिन्न किसिमका दाग हटेर जान्छ ।
– राति सुत्नु अघि मोजाभित्र कागती राखेर सुत्दा यसले खुट्टामा आउने मासुका डल्ला पलाउने समस्याबाट छुटकारा मिल्छ ।
– कागतीको रसले पैतालाको सुख्खापन हटाउन मद्दत मिल्छ । त्यसैले पैतालालाई नरम राख्न कागती उपयोगी हुन्छ ।


प्रकाशित मिति: २० चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?