Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

बाढी जोखिमको भविष्यवाणी गर्न अष्ट्रेलियामा एआईको प्रयोग


अष्ट्रेलिया ।अष्ट्रेलियाको दक्षिणपूर्वी राज्य ‘न्यू साउथ वेल्सले’ मंगलबार बाढीको सम्भावित प्रभावहरूको भविष्यवाणी गर्न कृत्रिम बौधिकत्ता ( एआई ) र मोबाइल फोन नेटवर्कको प्रयोग गर्ने प्रविधिको परीक्षण गरिरहेको जनाएको छ ।

सरकारले एक मिडिया विज्ञप्ति मार्फत, यसले गर्दा गम्भीर मौसमी घटनाहरूमा समुदायहरूलाई जोगाउन मद्दत गर्न सक्ने उल्लेख गरेको छ । उक्त विज्ञप्तिमा वास्तविक–समय मौसम जानकारी दिन ‘ब्यूरो अफ मेटियोरोलोजी डेटा’ र बाढी जानकारीसँग जोडिएको उल्लेख गरिएको छ ।

राज्यका ग्राहक सेवा र डिजिटल सरकारका मन्त्री जिहाद दिबले “जलवायु परिवर्तनबाट प्रभावित बढ्दो गम्भीर मौसमको सामना गर्ने क्रममा राज्य आपतकालीन सेवालाई प्रविधिको साथ जानकारी छिटो पहुँच गर्न मद्दत गर्ने बताए ।”


प्रकाशित मिति: २० चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?