Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

‘दक्ष जनशक्तिलाई स्वदेशमै रोकौँ’


५ चैत्र ,लुम्बिनी । बुटवलका शिक्षण संस्थामा अध्ययन गरेका जनशक्तिलाई विदेश जानबाट रोक्न तीन तहकै सरकारले आवश्यक योजना बनाउनुपर्नेमा जोड दिइएको छ । बुटवल उपमहानगरपालिकाले आज नगरभित्रका शैक्षिक संस्थाका अगुवाहरुसँग गरेको छलफलका वक्ताले देशमा हाल उपलब्ध जनशक्तिकै खपत हुन नसकेकाले यस्ता दक्ष जनशक्तिसमेत विदेश पलायन हुन बाध्य भएको बताए ।

उनीहरूलाई स्वदेशमै राख्न आवश्यकपर्ने नीति तथा कार्यक्रम तीनै तहका सरकारले ल्याउनुपर्नेमा जोड दिइएको हो । सामुदायिक विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकहरूले बुटवल शिक्षाको क्षेत्रमा अग्रणी रहेको भन्दै उपलब्ध जनशक्तिलाई खपत गर्ने नीति ल्याउनुपर्ने बताए ।

उनीहरूले बुटवलभित्रका सामुदायिक विद्यालयका शैक्षिकस्तर सुधार गर्दै देशमै उदाहरणीय नगरका रुपमा स्थापित गर्न साथ दिने बताए । संस्थागत विद्यालयका अगुवाहरूले विद्यालयले स्तरीय शिक्षा प्रदान गर्न करोडौँ लगानी गरे पनि लगानी सुरक्षित हुने र अभिभावकले जिम्मेवारी बोध गर्ने वातावरण बिग्रँदै गएको भन्दै सरकारी नीतिमा सुधार ल्याउनुपर्ने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको शिक्षा क्षेत्रमा थप सुधार ल्याउन सार्वजनिक र संस्थागत विद्यालयले अझै मेहनत गर्नुपर्ने बताए । बुटवल शैक्षिक हबका रुपमा चिनिए पनि बजारले माग गरेअनुसार सीप र प्राविधिक क्षेत्रमा कमजोर रहेकाले आगामी दिनमा सुधार गर्दै जानका लागि प्राविधिक शिक्षामा जोड दिन उनले आग्रह गरे।

उनले सामुदायिक र संस्थागत विद्यालयहरूले किताबी ज्ञानका साथसाथै अनुशासनमा जोड दिनुपर्ने र कुलतमा फस्नबाट जोगाउने गरी नैतिक शिक्षा दिनुपर्नेमा जोड दिए।


प्रकाशित मिति: ५ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?