Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

‘दक्ष जनशक्तिलाई स्वदेशमै रोकौँ’


५ चैत्र ,लुम्बिनी । बुटवलका शिक्षण संस्थामा अध्ययन गरेका जनशक्तिलाई विदेश जानबाट रोक्न तीन तहकै सरकारले आवश्यक योजना बनाउनुपर्नेमा जोड दिइएको छ । बुटवल उपमहानगरपालिकाले आज नगरभित्रका शैक्षिक संस्थाका अगुवाहरुसँग गरेको छलफलका वक्ताले देशमा हाल उपलब्ध जनशक्तिकै खपत हुन नसकेकाले यस्ता दक्ष जनशक्तिसमेत विदेश पलायन हुन बाध्य भएको बताए ।

उनीहरूलाई स्वदेशमै राख्न आवश्यकपर्ने नीति तथा कार्यक्रम तीनै तहका सरकारले ल्याउनुपर्नेमा जोड दिइएको हो । सामुदायिक विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकहरूले बुटवल शिक्षाको क्षेत्रमा अग्रणी रहेको भन्दै उपलब्ध जनशक्तिलाई खपत गर्ने नीति ल्याउनुपर्ने बताए ।

उनीहरूले बुटवलभित्रका सामुदायिक विद्यालयका शैक्षिकस्तर सुधार गर्दै देशमै उदाहरणीय नगरका रुपमा स्थापित गर्न साथ दिने बताए । संस्थागत विद्यालयका अगुवाहरूले विद्यालयले स्तरीय शिक्षा प्रदान गर्न करोडौँ लगानी गरे पनि लगानी सुरक्षित हुने र अभिभावकले जिम्मेवारी बोध गर्ने वातावरण बिग्रँदै गएको भन्दै सरकारी नीतिमा सुधार ल्याउनुपर्ने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको शिक्षा क्षेत्रमा थप सुधार ल्याउन सार्वजनिक र संस्थागत विद्यालयले अझै मेहनत गर्नुपर्ने बताए । बुटवल शैक्षिक हबका रुपमा चिनिए पनि बजारले माग गरेअनुसार सीप र प्राविधिक क्षेत्रमा कमजोर रहेकाले आगामी दिनमा सुधार गर्दै जानका लागि प्राविधिक शिक्षामा जोड दिन उनले आग्रह गरे।

उनले सामुदायिक र संस्थागत विद्यालयहरूले किताबी ज्ञानका साथसाथै अनुशासनमा जोड दिनुपर्ने र कुलतमा फस्नबाट जोगाउने गरी नैतिक शिक्षा दिनुपर्नेमा जोड दिए।


प्रकाशित मिति: ५ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?