Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

ब्राउनसुगरसहित चार पक्राउ


झापा । झापाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले कन्काई नगरपालिका-४ बस्ने २३ वर्षीय सलिम आलम समेत २ जनालाई कन्काई नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्रामसहित बिहीबार दिउँसो पक्राउ गरेको हो । यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरीले शिवसताक्षी नगरपालिका-१० बस्ने २८ वर्षीय अजय बस्नेतलाई कन्काई नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ८० मिलिग्रामसहित बिहीबार बेलुकी पक्राउ गरेको हो ।

यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका भारत ठाकुरगंज बस्ने ३२ वर्षीय मोहम्मद मुन्नालाई मेचिनगर नगरपालिका-‍६ मेची पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्रामसहित बिहीबार राति पक्राउ गरेको हो । सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?