Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

गृहमन्त्रीलाई एक मिनेट पनि पदमा बस्ने छुट छैनः शेखर कोइराला


काठमाडाैं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गृहमन्त्री रबि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । सडकदेखि संसदसम्म चौतर्फी बिरोध भैरहँदा पनि उहाँ पदमा बसिरहनुको पछाडि केही रहस्य त लुकेको छैन भन्ने प्रश्न उठेको कोइराला बताए ।”तत्कालका लागि राजिनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भैहाल्यो” कोइरालाले भने ।

काठमाडौको मध्ये बानेश्वरका पार्टीका स्थानीय कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिहँदा पनि काठमाडौका चेतनशील मानिसहरु चुपचाप बसिरहँदा अचम्म लागेको बताए । हरेक परिबर्तनमा काठमाडौबासीको भुमिका महत्त्वपूर्ण रहेको बताउँदै कोइरालाले अबका दिनमा पनि उहाँहरुको निरन्तर खबरदारीको आवश्यकता रहेको बताए ।

स्थानीय कार्यकर्ताहरुले पार्टीमा चाकडीप्रथा हावी भएको, सरकारमा सहभागी हुँदा कांग्रेसका मन्त्रीहरुले जनताको भावना अनुसार काम गर्न नसकेको र लामो समय पार्टी एकै व्यक्तिको हातमा भएकाले कांग्रेस कम्जोर भएको जस्ता गुनासाहरु राखेका थिए ।

भेटघाट कार्यक्रममा बाग्मती प्रदेश सभा सांसद सुरज लामिछाने, काठमाडौ-१का क्षेत्रीय सभापति रबि बिक्रम राणा, नेपाल संस्कृत बिश्व विध्यालयका पुर्व उपकुलपति प्राडा कुलप्रसाद कोइराला, बरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, श्रीहरी अर्याल, बरिष्ठ पत्रकार हरिहर बिरही लगायतको समेत सहभागीता रहेको थियो ।


प्रकाशित मिति: १० चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?