Trending
>>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु >>   प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी >>   समाजमा कुष्ठरोगलाई हेर्ने दृष्टिकोण अझै नकरात्मकः कानूनमन्त्री सिन्हा >>   समानुपातिकतर्फको सिट बाँडफाँड कसरी हुन्छ ? यस्तो छ निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट लग’ विधि >>   एनआरएनएको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता शुरु >>   जमानत जफत हुनेमा २,८९० उम्मेदवार , ३५० जनाले एक भोट पनि पाएनन्
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

जनतामाझ साधु भएर प्रस्तुत हुने र सत्तामा पुगेपछि किर्नो बनेर निस्कने प्रवृत्ति नेतृत्वमा देखियोः पूर्वगभर्नर क्षेत्री


काठमाडौं। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीले नेपालको सबैभन्दा ठूला समस्या दण्डहीनता र भ्रष्टाचार रहेको बताए । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विज्ञहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले साधु भएर समाजमा प्रस्तुत भएको नेता शक्तिमा गएपछि भ्रष्ट भएर निस्कने गरेको बताए । देशमा सुशासनको खडेरी रहेको र भ्रष्टाचार व्याप्त रहेको उनको दाबी छ । उनले जो सत्तामा बस्यो ऊ किर्नोजस्तो मोटाउन चाहने र ढाडिएर निस्कने गरेको आरोप लगाए ।

वर्तमान व्यवस्था ठीक भएपनि यसको सञ्चालकहरुको कमीकमजोरीका कारण अहिले वितृष्णा पैदा भइरहेको बताए । अहिलेको व्यवस्था उत्कृष्ट रहेको र यसले विभिन्न प्रकारको हकको सुनिश्चितता गरेको भन्दै पूर्व गभर्नर क्षेत्रीले राजनीतिक नेतृत्व इमानदार भएको खण्डमा यही व्यवस्थामा देशको विकास र समृद्धि सम्भव रहेको दाबी गरे ।

‘कुनै पनि व्यवस्था आफैंमा बेठीक हुँदैन । त्यो व्यवस्थालाई ठीक र बेठीक बनाउने त्यसका सञ्चालक र जनताहरु नै हुन् । अहिलेको यो व्यवस्थामा ३२ वटा मौलिक हक संविधानले ग्यारेण्टी गरेको छ ।’ उनले भने, ‘त्यसमा वाक स्वतन्त्रतादेखि महिला, बालबासिलका र युवाहरुको अधिकारको समेत डिफाइन गरिएको छ । संविधानले निर्देशित गरेको कुरा हामी अग्रगामी समाजमा अगाडि बढ्दैछौं भनेको छ ।’

पछिल्लो समय राजनीतिक नेतृत्वमा सत्तामा रहँदा जे बोलेको छ, आफू विपक्षमा पुग्दा त्यसबाट यूटर्न हुने प्रवृत्ति देखिएको उनले बताए । त्यस्तो प्रकारको प्रवृत्ति देशको लागि घातक हुने उनको ठहर छ । राजनीतिमा देखिएका यस्ता प्रकारका विकृतिहरुको समाधानका लागि जनस्तरबाटै दबाव सिर्जना गर्न आवश्यक रहेको उनको भनाइ छ । पूर्व गभर्नर क्षेत्रीले राम्रो काम गरेकालाई प्रोत्सहान र गलत गर्नेको विरोध गर्ने परिपाटी निर्माण भएको खण्डमा संविधानले कल्पना गरेको अवस्थामा देश अगाडि बढ्न सक्ने बताए । हक अधिकारका निमित्त नागरिकहरु सचेत र चनाखो हुन सकेको अवस्थामा र निरन्तर खबरदारी गर्दै गएको अवस्थामा मुलुकमा परिवर्त सम्भव रहेको बताए ।


प्रकाशित मिति: १० चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?