Trending
>>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

जनतामाझ साधु भएर प्रस्तुत हुने र सत्तामा पुगेपछि किर्नो बनेर निस्कने प्रवृत्ति नेतृत्वमा देखियोः पूर्वगभर्नर क्षेत्री


काठमाडौं। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीले नेपालको सबैभन्दा ठूला समस्या दण्डहीनता र भ्रष्टाचार रहेको बताए । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विज्ञहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले साधु भएर समाजमा प्रस्तुत भएको नेता शक्तिमा गएपछि भ्रष्ट भएर निस्कने गरेको बताए । देशमा सुशासनको खडेरी रहेको र भ्रष्टाचार व्याप्त रहेको उनको दाबी छ । उनले जो सत्तामा बस्यो ऊ किर्नोजस्तो मोटाउन चाहने र ढाडिएर निस्कने गरेको आरोप लगाए ।

वर्तमान व्यवस्था ठीक भएपनि यसको सञ्चालकहरुको कमीकमजोरीका कारण अहिले वितृष्णा पैदा भइरहेको बताए । अहिलेको व्यवस्था उत्कृष्ट रहेको र यसले विभिन्न प्रकारको हकको सुनिश्चितता गरेको भन्दै पूर्व गभर्नर क्षेत्रीले राजनीतिक नेतृत्व इमानदार भएको खण्डमा यही व्यवस्थामा देशको विकास र समृद्धि सम्भव रहेको दाबी गरे ।

‘कुनै पनि व्यवस्था आफैंमा बेठीक हुँदैन । त्यो व्यवस्थालाई ठीक र बेठीक बनाउने त्यसका सञ्चालक र जनताहरु नै हुन् । अहिलेको यो व्यवस्थामा ३२ वटा मौलिक हक संविधानले ग्यारेण्टी गरेको छ ।’ उनले भने, ‘त्यसमा वाक स्वतन्त्रतादेखि महिला, बालबासिलका र युवाहरुको अधिकारको समेत डिफाइन गरिएको छ । संविधानले निर्देशित गरेको कुरा हामी अग्रगामी समाजमा अगाडि बढ्दैछौं भनेको छ ।’

पछिल्लो समय राजनीतिक नेतृत्वमा सत्तामा रहँदा जे बोलेको छ, आफू विपक्षमा पुग्दा त्यसबाट यूटर्न हुने प्रवृत्ति देखिएको उनले बताए । त्यस्तो प्रकारको प्रवृत्ति देशको लागि घातक हुने उनको ठहर छ । राजनीतिमा देखिएका यस्ता प्रकारका विकृतिहरुको समाधानका लागि जनस्तरबाटै दबाव सिर्जना गर्न आवश्यक रहेको उनको भनाइ छ । पूर्व गभर्नर क्षेत्रीले राम्रो काम गरेकालाई प्रोत्सहान र गलत गर्नेको विरोध गर्ने परिपाटी निर्माण भएको खण्डमा संविधानले कल्पना गरेको अवस्थामा देश अगाडि बढ्न सक्ने बताए । हक अधिकारका निमित्त नागरिकहरु सचेत र चनाखो हुन सकेको अवस्थामा र निरन्तर खबरदारी गर्दै गएको अवस्थामा मुलुकमा परिवर्त सम्भव रहेको बताए ।


प्रकाशित मिति: १० चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?