Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

वर्तमान सरकारको आयु लामो छैन, जतिबेला पनि ढल्न सक्छः विश्लेषक खनाल


काठमाडौं । राजनीतिक विश्लेषक रञ्जन खनालले देशको राजनीति बेइमानहरुले चलाइरहेको टिप्पाणी गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित विज्ञहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देशमा चोरले शासन सत्ता चलाइरहेको टिप्पणी गरेका हुन् । अहिलेको नेतृत्वबाट सुशासन र समृद्धिको अपेक्षा गर्नु मुर्खताबाहेक अरु केही नभएको उनकोभ भनाइ छ । ‘अहिले बेइमानहरुले राजनीति चलाइरहेका छन् । चोरहरुले शासन सत्ता चलाइराखेका छन् । त्यसकारण हामी सुशासनको अपेक्षा राख्छौं भने त्यो हाम्रो मुर्खतामात्रै हुन्छ । त्यसकारण हामी यो व्यवस्था फाल्न चाहन्छौं,’– उनले भने ।

नेपाली कांग्रेसका नेता शंकर भण्डारीले हिन्दु राष्ट्रको एजेण्डा उठाएर जनताको विचार बोकेको उनको दाबी छ । सिंगो कांग्रेस भागबण्डा र लुटको पक्षमा हुँदा पनि भण्डारीले भने जनताको भावनालाई बोक्न सफल भएको उनको दाबी छ । ‘शंकर भण्डारीले देशका जनताको विचार बोकेको हो, नेपाली कांग्रेसको होईन । कांग्रेस परिवर्तनको पक्षमा छैन । कांग्रेस भागबण्डा र लुटको पक्षमा छ,’– उनले भने ।

साथै, कांग्रेसका सांसदसमेत रहेका विनोद चौधरी बाँसबारी छालाजुत्ता कारखानको जग्गा घटला प्रकरणमा जोडिएपछि आफूहरुले ‘विनोद चौधरीले साच्चै भ्रष्टाचार गरेका हुन् ? विनोद चौधरीले ठगी र किर्ते गरेका हुन् ? यसमा दलको धारणा के छ ?’ भनेर कांग्रेसलाई संस्थागत रुपमा प्रश्न गरेपनि कुनै जवाफ नपाएको उनले बताए ।

साथै, भुटानी शरणार्थी प्रकरणमा भएको छानविन नेपाल सरकारको पहलमा नभएको उनको दाबी छ । विश्लेषक खनालले विदेशी शक्तिको दवाबमा उक्त छानविन अगाडि बढिरहेको जिकिर गरे । नेपाली नागरिकता च्यात्न सहयोग गर्ने नेताहरुलाई सत्तामा बसिरहने अधिकार नभएको उनको भनाइ छ । सुशासनको आशा राख्ने हो भने अब यो व्यवस्था र संविधानको फाल्नुको विकल्प नरहेको उनले बताए । उनले संघीयताका कारण साधरण खर्चतर्फ ७० प्रतिशत बजेट खर्च हुन थालेको बताए । उनले कांग्रेसभित्र धेरै देशभक्त नेताहरु भएपनि उनीहरुको आवाज बन्द भएको बताए ।

साथै, वर्तमान सरकारको आयु लामो नरहेको र कुनै पनि बेला ढल्न सक्ने उनको दाबी छ । साथै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जनयुघद्धको धङधङी नराख्न आग्रह गरे । उनले भ्रष्टाचारका विरुद्धमा लिष्टहरु पेश गर्ने हिम्मत गर्न कांग्रेसका नेताहरुलाई आग्रह गरे । यस्तो प्रकारका गतिविधि भइरहे देशमा विद्रोहको सुरुवात हुने बताए । उनले विद्रोहको झिल्कोको सुरुवात दुर्गा प्रसाईँले गरिसकेको बताए । उनले सरकारलाई स्टन्ट नगर्न र व्यापारीहरुलाई नतर्साउन आग्रह गरे ।


प्रकाशित मिति: १० चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?