Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

हत्या गरेर सर्वस्व सहित जन्म कैदको सजाय पाएका रामकाजी २४ बर्ष पछि पक्राउ !


काठमाडाैं । मिति २०५६/०२/०५ गते २२:३० बजेको समयमा राम काजी पोडे समेतले बम पोडे भन्ने कृष्ण पोडेलाई धारिलो हतियार तरबार, बन्चरो प्रहार गरी मृत्यु भएको घटनामा सम्मानित जिल्ला अदालत काठमाण्डौंबाट मिति २०६८/८/१३ गतेको फैसला अनुसार सर्वस्व सहित जन्म कैदको सजाय हुने फैसला गरेकाे थियाे ।

फरार रहेका प्रतिवादीलाई २४ बर्ष देखि घटना घटाई आफ्नो स्थाई वतन भन्दा बाहिर गई विभिन्न आवरण लिई लुकी छिपि विभिन्न स्थानमा बसिरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाण्डौंको बिशेष प्रहरी टोलीले विगत ६ महिना देखि सुक्ष्म अनुसन्धान तथा निग्रानी गर्ने क्रममा निज प्रतिवादी हाल कास्की जिल्ला लेखनाथ महानगरपालिका ११ मा नाम तथा हुलिया परिवर्तन गरी लुकी छिपि बसिरहेको अवस्थामा मिति २०८०/१२/०८ गते पक्राउ गरी सम्मानित काठमाण्डौं जिल्ला अदालतमा पेश गरिएको ।


प्रकाशित मिति: १० चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?