Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

नेपालगञ्जमा ४३ जनाले लिए एन्फा कम्युनिटी कोचिङ कोर्स


जानकी (बाँके)। फुटबलको विकासमा सघाउने उद्देश्यले बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा यहाँ सञ्चालित एन्फा कम्युनिटी कोचिङ सम्पन्न भएको छ ।

चार दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाल, डोटी, कालीकोटका ४३ जनालाई बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवं एन्फा केन्द्रीय सदस्य भोजराज शाही, नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काले फुटबल खेलका विविध पक्षबारे दिए । एन्फाले पाँच वर्षअघिदेखि यस्तो तालिम आयोजना गर्दै आएको छ ।

समापन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले फुटबलको विकासका निम्ति नगरपालिका सकारात्मक रहेको बताउँदै यो खेलको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। पूर्वकप्तान खड्काले दक्ष प्रशिक्षक बिना फुटबलमा सफलता हासिल गर्न असम्भव भएको भन्दै प्रशिक्षणका क्रममा सिकेका सीपलाई व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।

बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष शाहीले आगामी दिनमा फुटबलको विकासका लागि नियमित रूपमा कार्यक्रम आयोजना गरिने जानकारी दिए भने सङ्घका उपाध्यक्ष निर्मल चन्दले विविध चुनौतीका बीच सङ्घले फुटबलको विकासका लागि हरसम्भव प्रयास गरिरहेको बताए ।


प्रकाशित मिति: १० चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?