Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

आरोपबारे शीतलकृष्ण महाराजकाे प्रतिक्रिया-‘मातापिता र श्रीमतीमा मातापिता रोजेँ,मबाट भूल भयो !’


काठमाडाैं । शीतलकृष्ण महाराजले आफूमाथि लागेका आरोपहरु निराधार रहेको दाबी गरेका छन । एक भिडियाे  सन्देश आज जारी गरी उनले यस्ताे बताएका छन । ‘मातापिता र श्रीमतीमा मातापिता रोजेँ, श्रीमतीकै हितका लागी मुद्धा हालेको छु,’उनले भनेका छन ।

श्रीमती सुकृति पौडेल भुसालले आफ्नो जीवनमा कथित धर्मगुरु भनेर चिनिने प्रसिद्ध कथावाचक शीतलकृष्ण महाराज भुसाललले खेलबाड गरेको र जबरजस्ती डिभोर्स गर्नको लागि दबाब दिएको आरोप लगाएकी थिइन ।

उनले जारी गरेको विज्ञप्तीमा भनिएको थियाे,‘हाम्रो विवाह भएको तीन वर्ष भयो । विवाहपश्चात् केही महिना राम्रोसँग बित्यो तर पछि उहाँको दुव्र्यवहार र दुश्चरित्रहरु बहिर देखिन र मैले अनुभव गर्न थालें । मैले सो व्यवहारका विषयमा उहाँलाई बारम्बार भन्दापनि उहाँले मलाई रक्ताम्य हुनेगरि कुटपिट गर्ने आदि घट्ना हुन थाले । यतिमात्र नभई मलाई भ्रणहत्या गर्न विवश बनाईयो । म सहँदै गएँ । किनकी विवाहलाइृ निर्वाह यसरी नै गर्नुपर्दो रहेछ की भन्ने लागेर आयो । मैले मेरो पीडा माईती पक्षलाई पनि केही भनिनँ ।’


प्रकाशित मिति: ९ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?