Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

हाेली कसरी मनाउने?


होली पर्वलाई समाजमा सकारात्मकता र सद्भावना ल्याउनका लागि मनाउनु पर्नेमा संस्कृतिविद्हरुले जोड दिएका छन्। फागुन शुक्ल पुर्णिमाका दिन नेपालमा वसन्तोत्सवको रुपमा मनाउने गरिएको र होलीलाई प्राकृतिक रङहरुसँग नै मनाएर समाजमा सकारात्मकता र सद्भावना ल्याउन आवश्यक रहेकोमा संस्कृतिविद्हरुले जोड दिएका हुन्। रङहरुको पर्व होली विशेष गरेर नेपालको पहाडी क्षेत्र र  तराईमा एक आपसमा रङ साटासाट गरेर मनाइने प्रचलन छ।

सहप्राध्यापक डा.प्रियंवदा काफ्लेले होली अर्थात् फागु पूर्णिमा राक्षसी होलिका दहन भएको उपलक्ष्यमा खेलिने पर्व भएको बताइन् । उनले अहिले नेपालमा होलीलाई नकारात्मक तवरबाट मनाइँदै आएको बताउँदै होली राक्षसी प्रवृत्तिलाई विनाश गर्ने र सकारात्मकता, सद्भावनालाई समाज र आफूमा ल्याउने पर्व भएको बताइन् । उनले होली प्राकृतिक रङहरुबाट खेल्ने पर्व भएको र घरमै बेसार, चामलको पीठो, चुकन्दर र प्राकृतिक वनस्पतिबाट रङहरु बनाएर खेल्नुपर्नेमा जोड दिइन् ।

सहप्राध्यापक काफ्लेले प्राकृतिक रङलाई ग्रहण गर्दा हाम्रो छाला र स्वास्थ्यमा पनि फाइदा पुग्ने भएकोले पनि प्राकृतिक रङबाट होली खेल्न पहल गर्नुपर्ने बताइन्। सहप्राध्यापक काफ्लेले होलीको महत्व आजका नयाँ पुस्तालाई बुझाउन शिक्षामा समावेश गर्नुपर्ने सुझाव दिइन्। उनले प्रकृति मेरेपछि संस्कृति नरहने जिकिर गर्दै नेपाली भाषालाई प्रोत्साहन गर्नुपर्ने र होली लगायतका नेपाली चाडपर्वहरुलाई विषयगत पाठ्यक्रममा राख्नु आजको आवश्यकता भएको बताइन् ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइन्छ । नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ। होलीका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाउँछन्।


प्रकाशित मिति: ९ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?