Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

२ सय ७५ किलो गाँजासहित ३ जना पक्राउ


काठमाडौं ।बारा, निजगढ नगरपालिका-१३ भक्तलाल टोल बस्ने २१ वर्षीय लाल बहादुर वाईबालाई अवैध लागूऔषध गाँजा करिब २ सय ५० किलो र नगद २ लाख ७ हजार रूपैयाँसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । वाईबाको घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरेको हो । साथै उनको घरबाट ना.३९ प २४५३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

मोरङ, बिराटनगर महानगरपालिका-१४ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २४ किलोसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिराटनगर महानगरपालिका-८ बस्ने ४० वर्षीय बिरेन्द्र कुमार राजवंशी र धनकुटा शहिदभुमी गाउँपालिका-२ बस्ने ४५ वर्षीय उत्तम राई रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले बिराटनगरबाट रानीतर्फ जाँदै गरेको को.२ ह ६५१ नम्बरको अटो टेम्पोलाई जाँच गर्ने क्रममा दुइ ओटा जेब्रा झोलामा रहेको उक्त गाँजा फेला पारी टेम्पो चालक बिरेन्द्र र टेम्पोमा सवार उत्तमलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: ९ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?