Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

उपप्रमुख डंगोलसँग स्वीजरल्याण्डकी राजदूतकाे शिष्टाचार भेट


काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि स्वीजरल्याण्डकी राजदूत डा. डेनियल मेउलीले शिष्टाचार भेट गर्नुभएको छ । राजदूत डेनियलले उपप्रमुखको कार्य कक्षमा पुगेर भेट गर्नुभएको हो ।

भेटका क्रममा उपप्रमुख डंगोलले, पहुँचयोग्य स्वास्थ्य सेवा प्रवाहका लागि महानगरपालिकाले प्रविधिको प्रयोगलाई बढाउँदै लगेको बताउनुभयो । ‘आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवालाई वार्षिक नीति, बजेट तथा कार्यक्रममा प्राथमिकता दिएका छौँ ।

कार्यक्रमको कार्यान्वयनलाई दिगो र प्रभावकारी बनाउन प्रविधिमा आधारित प्रणाली विकास गरिरहेका हौँ ।’ डंगोलले भन्नुभयो, ‘वडा वडामा स्वास्थ्य प्रवर्धन केन्द्रहरु स्थापना हुँदैछन् । केन्द्रका सेवालाई सरल, पहुँच योग्य र विश्वसनीय बनाउन प्रविधिको उपयोग हुनेछ । यसका लागि साझेदारहरुसँग सहकार्यको सम्भावना रहन्छ ।’


प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?