Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

उपप्रमुख डंगोलसँग स्वीजरल्याण्डकी राजदूतकाे शिष्टाचार भेट


काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि स्वीजरल्याण्डकी राजदूत डा. डेनियल मेउलीले शिष्टाचार भेट गर्नुभएको छ । राजदूत डेनियलले उपप्रमुखको कार्य कक्षमा पुगेर भेट गर्नुभएको हो ।

भेटका क्रममा उपप्रमुख डंगोलले, पहुँचयोग्य स्वास्थ्य सेवा प्रवाहका लागि महानगरपालिकाले प्रविधिको प्रयोगलाई बढाउँदै लगेको बताउनुभयो । ‘आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवालाई वार्षिक नीति, बजेट तथा कार्यक्रममा प्राथमिकता दिएका छौँ ।

कार्यक्रमको कार्यान्वयनलाई दिगो र प्रभावकारी बनाउन प्रविधिमा आधारित प्रणाली विकास गरिरहेका हौँ ।’ डंगोलले भन्नुभयो, ‘वडा वडामा स्वास्थ्य प्रवर्धन केन्द्रहरु स्थापना हुँदैछन् । केन्द्रका सेवालाई सरल, पहुँच योग्य र विश्वसनीय बनाउन प्रविधिको उपयोग हुनेछ । यसका लागि साझेदारहरुसँग सहकार्यको सम्भावना रहन्छ ।’


प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?