Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

महरा पक्राउबारे बाबुरामकाे प्रचण्डलाइ कटाक्ष -‘आफूले पालेको खसी काट्नु कुन ठुलो कुरा भयो र ?’


काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कृष्णाबहादुर महरा पक्राउ प्रकरणमा प्रतिक्रिया दिएका छन । बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष भट्टराईले प्रतिक्रिया दिएका हुन् । उनले भनेका छनः

राजनीतिक रूपमा हामीले आफ्ना मित्र र सहयात्रीहरूको संरक्षण गर्नु एउटा पक्ष हो। तर कानुनी विषयहरू उठिसकेपछि त्यस्ता विषयमा विधिसम्मत ढङ्गले अगाडि बढ्न दिनुपर्छ ।मलाई यतिबेला के सम्झना आउँछ भने पञ्चायतकालमा एकपटक राजाका एडीसी र तत्कालीन प्रहरी प्रमुख समातिएका थिए । त्यसबेला म पत्रकारितामा पनि रुचि राख्थेँ । त्यसबेला राजेश्वर देवकोटा पञ्चायतको ठुलै नेता हुनुहुन्थ्यो । उहाँको अन्तरवार्ता लिने क्रममा मैले त्यसबारे सोधेको पनि थिएँ । हामी एउटै गाउँका भएकाले पनि मलाई यो कुरा सोध्न सहज थियो ।

त्यसबारे उहाँले भन्नुभयो, ‘बाबु आफूले पालेको खसी काट्नु कुन ठुलो कुरा भयो ?’ राजाको शासनकालमा त्यो भन्दा धेरै बोल्ने कुरा त भएन । त्यसो भएकाले अहिले यी सबै प्रकरणमा पनि आफैँले पालेको खसी काटेर जोगिन खोजेका त होइन्न भन्ने आशङ्का जनतामा जन्माएको छ ।


प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?