Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

महरा पक्राउबारे बाबुरामकाे प्रचण्डलाइ कटाक्ष -‘आफूले पालेको खसी काट्नु कुन ठुलो कुरा भयो र ?’


काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कृष्णाबहादुर महरा पक्राउ प्रकरणमा प्रतिक्रिया दिएका छन । बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष भट्टराईले प्रतिक्रिया दिएका हुन् । उनले भनेका छनः

राजनीतिक रूपमा हामीले आफ्ना मित्र र सहयात्रीहरूको संरक्षण गर्नु एउटा पक्ष हो। तर कानुनी विषयहरू उठिसकेपछि त्यस्ता विषयमा विधिसम्मत ढङ्गले अगाडि बढ्न दिनुपर्छ ।मलाई यतिबेला के सम्झना आउँछ भने पञ्चायतकालमा एकपटक राजाका एडीसी र तत्कालीन प्रहरी प्रमुख समातिएका थिए । त्यसबेला म पत्रकारितामा पनि रुचि राख्थेँ । त्यसबेला राजेश्वर देवकोटा पञ्चायतको ठुलै नेता हुनुहुन्थ्यो । उहाँको अन्तरवार्ता लिने क्रममा मैले त्यसबारे सोधेको पनि थिएँ । हामी एउटै गाउँका भएकाले पनि मलाई यो कुरा सोध्न सहज थियो ।

त्यसबारे उहाँले भन्नुभयो, ‘बाबु आफूले पालेको खसी काट्नु कुन ठुलो कुरा भयो ?’ राजाको शासनकालमा त्यो भन्दा धेरै बोल्ने कुरा त भएन । त्यसो भएकाले अहिले यी सबै प्रकरणमा पनि आफैँले पालेको खसी काटेर जोगिन खोजेका त होइन्न भन्ने आशङ्का जनतामा जन्माएको छ ।


प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?