Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२ फाल्गुन २०८२, शनिबार
२ फाल्गुन २०८२, शनिबार

निन्द्रामा पत्नीले बारम्बार भिनाजुको नाम लिएपछि…


एजेन्सी । निन्द्रामा पत्नीले बारम्बार भिनाजुको नाम लिएपछि एक पुरुषले मध्यरातमै हङ्गामा गर्नुका साथै मामिलालाई प्रहरी कार्यालयसम्म पुर्‍याएका छन् । घटना भारतको उत्तर प्रदेश राज्यको रामपुरमा भएको हो । अजीमनगर थाना क्षेत्र अन्तर्गत भएको सो घटनाबारे प्रहरीले उक्त दम्पतीको परिचय भने खुलाएको छैन ।

प्रहरीका अनुसार ६ महिना अघि उनीहरूको विवाह भएको थियो । तर, गत आइतबार राति निन्द्रामै पत्नीले आफ्नो भिनाजुको नाम बारम्बार लिएकी थिइन् । बारम्बार भिनाजुको नाम लिएपछि रिसले रन्थनिएका ती युवकले पत्नीलाई कुटपिट गरे । मध्यरातमा हो–हल्ला भएपछि छिमेकीहरूसमेत भेला भएका थिए । सोमबार बिहानै ती युवकले पत्नीका माइती पक्षलाई समेत बोलाएका थिए ।

त्यसपछि मामिला प्रहरी कार्यालयसम्म पुगेको थियो । प्रहरीले ती महिलासँग सोधपुछ गर्दा आफूले डरलाग्दो सपना देखेका कारण भिनाजुको नाम लिएको हुन सक्ने बताएकी थिइन् ।आफूले सपना देखेको कुरा भने पनि राति पतिले निरन्तर कुटपिट गरेको उनको गुनासो थियो । पछि प्रहरीले दुवैलाई सम्झाइबुझाइ घर फर्काएको बताइएको छ ।


प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?