Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

निन्द्रामा पत्नीले बारम्बार भिनाजुको नाम लिएपछि…


एजेन्सी । निन्द्रामा पत्नीले बारम्बार भिनाजुको नाम लिएपछि एक पुरुषले मध्यरातमै हङ्गामा गर्नुका साथै मामिलालाई प्रहरी कार्यालयसम्म पुर्‍याएका छन् । घटना भारतको उत्तर प्रदेश राज्यको रामपुरमा भएको हो । अजीमनगर थाना क्षेत्र अन्तर्गत भएको सो घटनाबारे प्रहरीले उक्त दम्पतीको परिचय भने खुलाएको छैन ।

प्रहरीका अनुसार ६ महिना अघि उनीहरूको विवाह भएको थियो । तर, गत आइतबार राति निन्द्रामै पत्नीले आफ्नो भिनाजुको नाम बारम्बार लिएकी थिइन् । बारम्बार भिनाजुको नाम लिएपछि रिसले रन्थनिएका ती युवकले पत्नीलाई कुटपिट गरे । मध्यरातमा हो–हल्ला भएपछि छिमेकीहरूसमेत भेला भएका थिए । सोमबार बिहानै ती युवकले पत्नीका माइती पक्षलाई समेत बोलाएका थिए ।

त्यसपछि मामिला प्रहरी कार्यालयसम्म पुगेको थियो । प्रहरीले ती महिलासँग सोधपुछ गर्दा आफूले डरलाग्दो सपना देखेका कारण भिनाजुको नाम लिएको हुन सक्ने बताएकी थिइन् ।आफूले सपना देखेको कुरा भने पनि राति पतिले निरन्तर कुटपिट गरेको उनको गुनासो थियो । पछि प्रहरीले दुवैलाई सम्झाइबुझाइ घर फर्काएको बताइएको छ ।


प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?