Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

नेसपा बैठकः महिन्द्र राय यादव सहितलाई पदमुक्त


काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) को छैठौं पूर्ण बैठकले अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेश यादवसहितलाई पदमुक्त गरेको छ। पार्टी विधि, पद्धति र अनुशासन विपरीत नेकपा माओवादी केन्द्रमा पार्टीलाई विलय गराउने दूषित मनसायले उनीहरूले पार्टी एकताका नाममा जारी गरेको वक्तव्यलाई सर्वसम्मत रूपमा अमान्य घोषित गर्दै पार्टी हित विपरीतका गतिविधिमा संलग्न भएकोमा पदमुक्त गर्ने निणय गरेको हो।

बैठकले यसभन्दा अघि गठित पार्टी एकता÷ध्रुविकरण संयोजन समिति भंग गरेको छ गर्दै पार्टीको विधान २०७९ को धारा ६१ बमोजिम प्रस्तुत नेपाल समाजवादी पार्टी नियमावली २०८० लाई छलफल गरी पारित गरेको छ। त्यसैगरी प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा पार्टीको महाधिवेशन २०८१ माघमा गर्ने निर्णय, पार्टी केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण, प्रदेश र स्थानीय समितिहरू अधिवेशन आयोजक समितिमा रूपान्तरण गरिएको नेसपाले जनाएको छ।

बैठकले राष्ट्रिय महाधिवेशन आयोजक समितिको संयोजकमा डा.बाबुराम भट्टराई सर्वसम्मत चयन गरेको छ। केन्द्रीय कार्यकारिणी समिति सचिवालयमा रूपान्तरण भएको छ भने २०८१ वैशाखदेखि भदौसम्म पार्टी निर्माण र संगठन विस्तार अभियान सञ्चालन गरिने नेसपाको भनाइ छ।२०८१ असोज महिनामा पार्टीको विधान अधिवेशन गर्ने निर्णय पनि गरेको छ। त्यसैगरी प्रदेश अधिवेशन आयोजक समिति संयोजकहरू बैठकबाट सर्वसम्मत चयन भएका छन् ।

प्रवक्ता कृष्ण प्रसाद शर्माका अनुसार २०८१ कार्तिकदेखि पुससम्म स्थानीय तह र प्रदेशहरूको अधिवेसन सम्पन्न हुनेछन्। बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली, भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली जनलोकपालको गठन लगायत सुशासन, सामाजिक न्याय र समृद्धि सहित जनजीविकाका सवालहरू लक्षित अभियानहरू सञ्चालन गर्ने निर्णय गरेको छ । साथै, विभिन्न समसामयिक तथा राजनीतिक प्रस्तावहरू पारित गर्दैे बैठक सम्पन्न भएको छ।


प्रकाशित मिति: ६ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?