Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

खुलामञ्च हिजो जस्तो थियो, त्यस्तै रहनुपर्छ: पूर्वमन्त्री मोदी


काठमाडौं । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य अमन लाल मोदीले काठमाडौंको खुलामञ्च हिजो जस्तो थियो, त्यस्तै रहनुपर्ने बताएका छन् । प्रतिनिधिसभामा बोल्दै मन्त्री मोदीले काठमाडौं महानगरपालिकाले खुलामञ्चको स्वरुप बदल्न खोजेको खबर आइरहेको भन्दै विरोधका सुचना राख्ने ठाउँको रुपमा खुलामञ्च हिजोकै स्वरुपमा रहनुपर्ने बताएका हुन् ।

‘तपाई हामी सबैलाई थाहा छ कि लोकतन्त्रमा बोल्ने अधिकार या आफ्नो विरोधको सुचना गर्ने ठाउँ काठमाडौंमा छैन । साँघुरो अवस्था छ । रत्नपार्कको खुलामञ्च हिजो जस्तो थियो, त्यस्तै रहोस । महानगरपालिकाले अर्कै प्रयोजनका निम्ति काम गर्न खोजेको भन्ने छ, त्यस्तो नभइकन खुलामञ्चलाई विरोधको सुचना राख्ने स्वरुपको रुपको राखियोस्’ उनले भने ।

त्यस्तै मोदीले पर्याप्त स्रोत र साधनको अभावमा हुलाकी राजमार्गको काम अगाडि बढ्न नसकेको बताउँदै अविलम्ब अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘धेरै वर्षदेखि पर्याप्तस्रोत साधनको अभावमा हुलाकी राजमार्गको काम भएको छैन’ उनले भने, ‘मेरो निर्वाचन क्षेत्रको कटहरी क्षेत्रको काम पनि प्रभावित भइरहेको छ, उक्त काम दू्रत गतिमा होस । भुक्तानी बाँकी भए भुक्तानी गर्नका लागि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’


प्रकाशित मिति: ६ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?