Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

खुलामञ्च हिजो जस्तो थियो, त्यस्तै रहनुपर्छ: पूर्वमन्त्री मोदी


काठमाडौं । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य अमन लाल मोदीले काठमाडौंको खुलामञ्च हिजो जस्तो थियो, त्यस्तै रहनुपर्ने बताएका छन् । प्रतिनिधिसभामा बोल्दै मन्त्री मोदीले काठमाडौं महानगरपालिकाले खुलामञ्चको स्वरुप बदल्न खोजेको खबर आइरहेको भन्दै विरोधका सुचना राख्ने ठाउँको रुपमा खुलामञ्च हिजोकै स्वरुपमा रहनुपर्ने बताएका हुन् ।

‘तपाई हामी सबैलाई थाहा छ कि लोकतन्त्रमा बोल्ने अधिकार या आफ्नो विरोधको सुचना गर्ने ठाउँ काठमाडौंमा छैन । साँघुरो अवस्था छ । रत्नपार्कको खुलामञ्च हिजो जस्तो थियो, त्यस्तै रहोस । महानगरपालिकाले अर्कै प्रयोजनका निम्ति काम गर्न खोजेको भन्ने छ, त्यस्तो नभइकन खुलामञ्चलाई विरोधको सुचना राख्ने स्वरुपको रुपको राखियोस्’ उनले भने ।

त्यस्तै मोदीले पर्याप्त स्रोत र साधनको अभावमा हुलाकी राजमार्गको काम अगाडि बढ्न नसकेको बताउँदै अविलम्ब अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘धेरै वर्षदेखि पर्याप्तस्रोत साधनको अभावमा हुलाकी राजमार्गको काम भएको छैन’ उनले भने, ‘मेरो निर्वाचन क्षेत्रको कटहरी क्षेत्रको काम पनि प्रभावित भइरहेको छ, उक्त काम दू्रत गतिमा होस । भुक्तानी बाँकी भए भुक्तानी गर्नका लागि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’


प्रकाशित मिति: ६ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?