Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

प्रधानमन्त्रीद्वारा निसीखोला बस दुर्घटनाप्रति दुःख व्यक्त


काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । रुकुमपूर्वबाट काठमाडौंका लागि छुटेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।

‘रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस बाग्लुङको निसीखोलामा दुर्घटनाग्रस्त भई ७ जनाको मृत्यु र २५ जना यात्रु घाइते भएको खबरले दुखी तुल्याएको छ। दुर्घटनामा ज्यान गुमाउनुहुने सम्पूर्ण यात्रुहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा गहिरो समवेदना प्रकट गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्दार र उपचारलाई प्रभावकारी बनाउन प्रशासन संयन्त्रलाई निर्देशित गर्दछु। साथै बारम्बार भइरहेका सवारी दुर्घटनाबाट शिक्षा लिँदै दुर्घटना कम गर्न सकिने उपायहरूसहित आवश्यक योजना निर्माण गर्नसमेत अनुरोध गर्दछ,’प्रधानमन्त्रीले भनेका छन ।


प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?