काठमाडौं । सत्ता समीकरण परिवर्तनसँगै चलेका चर्चाहरु खण्डन गर्ने गरी नेकपा एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशिका (अपानि) जारी गरेको छ । अध्यक्ष माधवकुमार नेपालले आइतबार अपानि–१४ जारी गरी गर्दै पार्टी पंक्तिलाई कुनैपनि अन्योलमा नपर्न निर्देशन दिएका छन् ।
अचानक सत्ता परिवर्तनका कारणले नेतृत्वको ध्यान त्यसतर्फ गएपनि कार्यकर्ता पंक्तिलाई महाधिवेशनमा केन्द्रित हुन अध्यक्ष नेपालले निर्देशन दिएका छन् ।
प्रकाशित मिति: ४ चैत्र २०८०, आईतवार