Trending
>>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

सुरु भयो फागु पर्व,वसन्तपुरमा उठाइयाे चीर


काठमाडौं । काठमाडौंको वसन्तपुर अगाडि विधिवत रूपमा चिर ठड्याएसँगै होली अर्थात् फागु पर्व सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ । बसन्तपुरमा आइतबार रंगी विरंगी कपडाहरूको ध्वजा सहितको तीन खण्डे चीर ठड्याइएको हो ।

चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीविरङगी कपडाका टुक्रा –टुक्रा सहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएपछि मुलुकभर होली प्रारम्भ भएको मानिन्छ । साइतअनुसार नै चिर ठड्याउने गरिएको र त्यसपछि विधिवत रूपमा फागु पर्व सुरु हुने मान्यता रहेको स्थानीयहरूको भनाइ छ ।

चन्द्र मास अन्तर्गत फागुन पूर्णिमाको दिन मनाइने होली यही चैत्र ११ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा र १२ गते तराईका विभिन्न जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदै छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्‍याई दहन गरेपछि होली पर्व समाप्त हुन्छ ।


प्रकाशित मिति: ४ चैत्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?