Trending
>>   एमालेले भन्योः चर्चामा रहेका सबै भ्रष्टाचारको छानविन होस् >>   निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप >>   जेन–जी आन्दोलनको जगमा बनेको कार्की सरकार अपेक्षाअनुसार चलेनः मिराज ढुंगाना >>   मन्त्री हुँदा पनि विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न सकिनँः उर्जामन्त्री घिसिङ >>   जेन–जी प्रतिनिधिको प्रधानमन्त्रीलाई कटाक्षः माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु >>   सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः लेनिन बिष्ट >>   ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’ >>   एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित >>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

बाबुरामले बोलाए कार्यकारिणी समितिको आकस्मिक बैठक, यादव र श्रेष्ठलाई कारबाही गर्ने तयारी


काठमाडौँ। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको आकस्मिक केन्द्रीय कार्यकारिणीका बैठक आज बस्दैछ ।

महिन्द्रराय यादव पक्षधर नेताहरूले पार्टी विभाजन गरेर माओवादी केन्द्रसँग एकता गर्ने हिजो सहमति गरेका थिए । मुलतः कार्यकारिणी समितिको बैठकमा सोही विषयमा छलफल हुने जनाएको छ । शनिवार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेसपाका यादव र श्रेष्ठलगायतले ४ बुँदे सहमति गर्दै पार्टी एकता गर्ने जानकारी गराएका थिए ।

अध्यक्ष भट्टराईले यादव र श्रेष्ठले गरेको सो सहमतिमा पार्टीको कुनै पनि निर्णय बिना भएको भन्दै आजको बैठकबाट दुवैजनालाई कारबाही गर्ने बुझिएको छ । पार्टी अध्यक्षलाई नै बाइपास गरेर एकता गर्ने सहमति गरेपछि भट्टराई आक्रोशित भएका छन् ।


प्रकाशित मिति: ४ चैत्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?