Trending
>>   महिला साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्री दशरथ रङ्गशाला जाने >>   उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली >>   आज काग तिहार, कागको पूजा आराधना गरिँदै >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना >>   आज मिति २०८१ साल कार्तिक १४ गते बुधबार, हेर्नुहोस आजको राशिफल >>   नयाँ भूमि समस्या समाधान आयोग गठन >>   कुलमानलाई हटाउने बिषयमा मन्त्रिपरिषद्को यस्ताे निर्णय >>   पुस्तकालय हाेइन आइडिया सेन्टर >>   भाइटीकाकै दिन वर्षाको पूर्वानुमान ! >>   कुलमानलाई हटाउन सिंहदरबारमा मन्त्रिपरिषद् बैठक !
Logo
१४ कार्तिक २०८१, बुधबार
१४ कार्तिक २०८१, बुधबार

बबिनालाई बैकुण्ठकाे टुनामुना (भिडियोसहित)


काठमाडौ । मन परेकी सान्नानी न फकाउदा मान्छिन् न सम्झाउदा मान्छिन् न त रिसाउँदा नै मान्छिन् …सान्नानी झन् झन् मनमा गाढा बनेर बस्छिन् तर उनको मनमा भने आफ्नो लागि कुनै स्थान नभएको महशुष भए पछि जसरी भए पनि सान्नानीलाई मनमा बसाउने र आफ्नो बनाउने चाह बढ्छ । केहि गर्दा पनि असर नगरे पछि सान्नानीलाई तन्त्रमन्त्र, टुनामुना लगाएरै भए पनि आफ्नो वशमा पार्न अनि आँफू प्रतिको आकर्षण बढाउन कोशिश गर्छन् युवक । त्यति मात्र होइन पञ्चे बाजा सहित घरमै आउने चाहना पनि व्यक्त गर्दछन् उनी तर जवरजस्ती होइन सल्लाहले, आँफूले मन पराएकी युवतीको अनुमतिले ।

युवती अलि घमण्डी छिन् । उनी पुरातन संस्कारको तन्त्रमन्त्र, जादु, टुनामुनाले आँफूलाई कुनै असर नगर्ने र जादु, टुनामुना भनेका समाजको कुरिती र अन्धविश्वास भएको जनाउदै युवकको टुनामुनालाई सिधै चुनौती दिन्छिन् । पञ्चे बाजा बजाएर घरमा आउने त टाढाको कुरा पञ्चे बाजाको कुरा मात्र पनि उनलाई सह्य हुदैन । जे गर्दा पनि युवती नफकिदा युवक पिरमा पर्छन् भने आँफू प्रति आकर्षित भएर आफ्नो पिछा लागेको युवकको व्यवहारले युवती पनि पिरमा पर्छिन्, दुवै जना आ आफ्नो पीरमा छन् ।

रेशमको सारी र मखमली चोलीमा सजिएकी युवतीको सुन्दरतामा युवक मन्त्रमुग्ध त छदैथिए हेरिरहु लाग्ने युवतीको धपक्क बलेको रुप अनि जादुमय उनको बोलीले युवक झन् भुतुक्कै थिए । अञ्चले स्वभावकि युवती आँफूलाई माया गर्ने युवकको मायालाई बुझ्दिनन् या बुझ्न चाहन्नन् उनी ती युवकलाई जाली मान्छेको संज्ञा दिन्छिन् र फकाउने कलामा जाली मान्छे सिपालु हुने, जाली मान्छेको जालमा आँफू नपर्ने जवाफ दिन्छिन् । तन्त्रमन्त्र, जादु, टुनामुनाले पनि असर नगरे पछि युवक युवतीलाई हातमा सुनको चुरा लगाइदिने, शीरमा शीरफूल लगाइदिने अनि रानी बनाएर राख्ने बचन दिन्छन्, उनको मायाको सम्मानमा कुनै भुल नहुने बाचा गर्छन् । तर युवतीलाई युवकको कुनै पनि कुराको न विश्वास हुन्छ न कुनै असर, उनी आफ्नै दुनियामा रमाउने, आफ्नै गाउँठाउँ, परिवेश अनि आफ्नै आमा, बुवाको घरमै खुसी हुने र आमा, बुवाले खोजिदिएका सोझो अनि इमान्दार युवक संग नै घरजम गर्ने भाव व्यक्त गरेर युवकलाई फर्काइदिन्छिन् ।

बबिना भट्टराईको अफिसियल युट्व च्यानल र इमेज एफ.एम. ९७.९ मा हरिराम पौडेलले संचालन गर्ने कार्यक्रम मेची देखि महाकाली सम्म बाट एक साथ सार्वजानिक भएको गीत टुनामुना पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बविना भट्टराईको स्वर तथा संगीतमा सार्वजनिक भएको छ भने टुनामुना गीतका शब्दहरु पनि बबिना भट्टराई कै रहेका छन् । उक्त गीतको एरेन्ज महाराज थापाले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियो, अनामनगरमा नकुल कार्कीले रेकर्डिङ गरेका उक्त गीतको भिडियो ड्रगन पिक्चर्स द्धारा निर्माण गरिएको हो । गीतको भिडियोमा चर्चित कलाकार बुद्धि तामाङ संग बबिना आफैले अभिनय गरेकी छिन् । भिडियोमा बुद्धि र बबिनाको अभिनय जीवन्त रहेको छ । केशवराज भट्टको निर्देशन र कोरियोग्राफी रहेको उक्त भिडियोको सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन् ।


प्रकाशित मिति: ३ चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?