Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

आज मिति २०७९ साल चैत्र ५ गते आइतबार, हेर्नुहोस् आजको राशीफल


आज मिति २०७९ साल चैत्र ५ गते आइतबार। आजको राशीफल यस प्रकार रहेको छ।

मेष – लेनदेनको समस्याले सताउनेछ । शत्रु पनि बढ्ने छन् । ब्यापारमा पनि घाटा बेहोर्नु पर्ला । कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ । यात्रामा सावधान रहनु होला ।

बृष – समय राम्रो भएपनि आज खर्च बढ्ने, विबाद बढ्ने तथा शत्रुले सताउने योग छ, सावधान रहनु होला । खर्च बढ्ने, गलत विचार बढ्ने, विबाद बढने र काममा अवरोध आउनाले धनको नाश हुन सक्छ ।

मिथुन – प्रेमसम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ, आयआर्जनको स्रोत फेला पर्ला । सामान्यतया लाभ हुने नै दिन छ, तर कृषिजन्य पेसा वा व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिंदैन ।

कर्कट – लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ । मनमा हौसला बढ्नेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने छ । त्यसै त्यसै मन हर्षित भएर आउनेछ ।

सिंह – दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ । पैसा लेनदेनको काम पनि होला । सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् ।

कन्या – पढाइमा सुधार आउने योग छ । कुरा काट्नेहरु प्रशन्सक बन्नेछन् । जागीरबाट पनि सन्तुष्टी मिल्ने देखिन्छ । काममा समस्याको सामाना गर्नु पर्ला । गलत लेनदेनमा समस्या आउन सक्ने छ । जागीरमा सम्मान पाइनेछ ।

तुला – शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ । पठन पाठनमा ध्यान दिनु बेस हुनेछ । प्रेम सम्बन्ध बलियो रहनेछ । अधुरा कामहरु बन्ने, अरुको विश्वास आफुतिर रहने, आफन्तहरुको उचित सहयोग मिल्ने छ ।

बृश्चिक – परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । व्यापारमा मनग्ये धन लाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान तर आफन्तको सहयोग चाहि नपाइएला ।

धनु – गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने छ । अरुको काम धेरै गर्नु पर्ला । समयको बचत कम हुने दिन छ । नोकरी तथा राजनितीमा मान सम्मान पाउने योग छ । अरुको मन जित्न सकिने छ ।

मकर – आज आर्थिक संकट पनि आउनेछ । लेनदेनमा विबाद पनि बढनेछ । घरायसी समस्या पनि आउला । पढाइलेखाइमा ध्यान दिन नसकिएला । साथै, रुपैँया पैसाको पनि नाश हुने दिन छ, विचार गर्नुहोला ।

कुम्भ – प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला, दिन सामान्य नै छ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ ।

मीन – व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने योग छ । अनौठो समाचार पनि सुनिएला । अर्थ लाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक प्रतिष्ठा पनि बढ्नेछ ।


प्रकाशित मिति: ५ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?