Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

पत्रकारको न्यूनतम पारिश्रमिक बढाउन माग


४ चैत्र ,काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले श्रमजीवी पत्रकारको हाल कायम रहेको न्यूनतम पारिश्रमिक अत्यन्त न्यून भएको भन्दै दोब्बर बनाउन सरकारसँग माग गरेको छ ।

महासङ्घको दुई दिनसम्म बसेको बैठकपछि आज घोषणापत्र जारी गर्दै सञ्चारकर्मीलाई दैनिक जीवन निर्वाह गर्नसमेत असहज भएको भन्दै हाल पाइरहेको पारिश्रमिकलाई दोब्बर बनाउनुपर्ने माग गरेको हो ।

“साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमको अवस्था कमजोर हुँदै गएको अवस्थामा हाल प्रदान गरिँदै आएको लोककल्याणकारी विज्ञापनवापतको रकमलाई दोब्बर बनाउन महासङ्घ काठमाडौँ शाखा यस घोषणपत्रमार्फत सरकारसँग विशेष माग गर्दछ”, घोषणापत्रमा भनिएको छ ।

महासङ्घले अनलाइन सञ्चारमाध्यमलाई पनि लोकल्याणकारी विज्ञापन प्रदान गर्ने भनिए पनि कार्यविधि अभावका कारण हालसम्म कार्यान्वयन हुन नसकेको बताउँदै कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउन अनुरोध पनि गरेको छ ।

बैठकले सरकारबाट साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमलाई प्रदान गरिँदै आएको सहुलियतपूर्ण ऋणलाई रू १० लाखबाट बढाएर रू २५ लाख बनाउनुपर्नेमा जोड दिएको छ ।

सरकारले पत्रकारका लागि लागू गरेको दुर्घटना बीमाको प्रक्रियालाई सरलीकरण गर्नुपर्ने र त्यसलाई बीमामा रुपान्तरण गर्नुपर्ने महासङ्घको भनाइ छ ।


प्रकाशित मिति: ४ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?