Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

तिलगङ्गामा गाडीको ठक्करबाट वृद्धाको मृत्यु


४ चैत्र ,काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ तिलगङ्गामा ना३ख ६०६४ नंको गाडीको ठक्करबाट आज पैदलयात्रीको मृत्यु भएको छ । गाडीको ठक्करबाट गम्भीर घाइते सिन्धुपाल्चोक जलवीरे गाउँपालिका–९ घर भई हाल काठमाडौँको सिनामङ्गल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा मृत्यु भएको हो ।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी वृत्त गौलाशाका प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले जानकारी दिएका छन्‌। यसैबीच काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेचोक नजिकै सडकपेटीमा दोलखा चरिकोट घर भएकी ५५ वर्षीया गौरी भन्ने कमला गोले मृतावस्थामा फेला परेकी छिन् ।

मृत्युको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । काठमाडौैँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषध खैरो हेरोइनसहित बर्दिया मधुवन गाउँपालिका–६ बस्ने २१ वर्षीय अर्जुन खत्रीलाई आज प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बर्दियाबाट काठमाडौँ आउँदै गरेको भे१ख ३५३१ नंको बस जाँच गर्ने क्रममा उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।


प्रकाशित मिति: ४ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?